साकाको ह्याट्रिकमा इङ्गल्यान्ड बन्यो विश्वकपमा तेस्रो : फ्रान्स ६–४ ले पराजित « Khabarhub

साकाको ह्याट्रिकमा इङ्गल्यान्ड बन्यो विश्वकपमा तेस्रो : फ्रान्स ६–४ ले पराजित


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बुकायो साकाको उत्कृष्ट ह्याट्रिकको मद्दतले फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्यान्डले विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) सुरक्षित गरेको छ । गोलको वर्षा भएको रोमाञ्चक खेलमा फ्रान्स पराजित भए पनि उसका स्टार स्ट्राइकर किलियन एमबाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् ।

दुवै टोलीको लक्ष्य फाइनल पुग्ने भए तापनि सेमिफाइनलमा ब्यहोरेको हारपछि उनीहरू तेस्रो स्थानका लागि भिडेका हुन् । सेमिफाइनलमा फ्रान्स स्पेनसँग स्तब्ध भएको थियो भने इङ्गल्यान्ड अर्जेन्टिनासँग अन्तिम समयमा चुकेको थियो ।

मियामीको अत्यधिक गर्मीका बीच शनिबार राति भएको खेलमा दुवै प्रशिक्षकले टोलीमा व्यापक परिवर्तन गरेका थिए । इङ्गल्यान्डका प्रशिक्षक थोमस टुचेलले ह्यारी केन र जुड बेलिङ्घमलाई सुरुवाती-११ मा राखेनन् भने १४ वर्षे कार्यकालपछि बिदा हुन लागेका फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले बार्कोला र ओसमाने डेम्बेलेलाई बेन्चमा राखेका थिए ।

खेलको तेस्रो मिनेटमै आर्सनलका मिडफिल्डर डेक्लान राइसले लामो दुरीबाट गोल गर्दै इङ्गल्यान्डलाई अग्रता दिलाए । लगानी लगत्तै एज्री कोन्साले हेडमार्फत गोल गरेपछि इङ्गल्यान्ड २–० ले अघि बढ्यो । सुरुवाती झट्कापछि खेलमा फर्कने प्रयासमा रहेका फ्रान्सेली फरवार्ड किलियन एमबाप्पे र माइकल ओलिसेको प्रहारलाई इङ्गल्यान्डका दोस्रो रोजाइका गोलकिपर डिन हेन्डरसनले उत्कृष्ट बचाउ गरे ।

खेलको ३०औं मिनेटपछि बुकायो साकाले तीव्र काउन्टर अट्याकमा गोल गर्दै टोलीको अग्रता ३–० बनाए । पहिलो हाफको इन्जुरी समयमा साकाले व्यक्तिगत दोस्रो गोल थपेपछि इङ्गल्यान्ड पहिलो हाफमै ४–० को बलियो स्थितिमा पुग्यो ।

पहिलो हाफको फितलो प्रदर्शनलाई फ्रान्सेली प्रशिक्षक डेसच्याम्पसले ‘विपत्तिजनक’ भन्दै खेलाडीहरूलाई आफ्नो साख जोगाउन आग्रह गरे । दोस्रो हाफमा उनले डेम्बेले, उपामेकानो, लुकास डिग्ने र बार्कोलालाई मैदान भिराए, जसको नतिजा फ्रान्सले तत्कालै पायो । एमबाप्पेले प्रतियोगिताको नवौं गोल गर्दै लियोनेल मेसीलाई गोल्डेन बुटको दौडमा पछि पारे ।

त्यसपछि खेलको रूप फेरियो । बार्कोलाले फ्रान्सका लागि दोस्रो गोल गरे । लगत्तै ओलिसेको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को स्थितिमा पुर्‍याए । यस गोलसँगै एमबाप्पे २२ गोलसहित विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

फ्रान्सले बराबरी गर्ने केही अवसरहरू गुमायो । खेलको अन्त्यतिर मालो गुस्टोले डिजेड स्पेन्सलाई पेनाल्टी बक्समा लडाएपछि इङ्गल्यान्डले पेनाल्टी पायो । साकाले पेनाल्टीलाई गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र खेल ५–३ भयो ।

खेलको अन्तिम क्षणमा डेम्बेले र बेलिङ्घमले १–१ गोल थपेपछि खेल इङ्गल्यान्डको पक्षमा ६–४ ले सकियो । यस गोलसँगै बेलिङ्घम एउटै विश्वकपमा ७ गोल गर्ने पहिलो इङ्गल्यान्डका खेलाडी बनेका छन् ।

सन् १९६६ मा विश्वकप जितेयता इङ्गल्यान्डको यो नै विश्वकपमा उत्कृष्ट नतिजा हो । यता पराजित फ्रान्सका प्रशिक्षक डेसच्याम्पसको सुखद बिदाइ हुन सकेन, जसको नेतृत्वमा फ्रान्सले २०१८ को विश्वकप जितेको थियो भने २०२२ मा उपविजेता बनेको थियो ।

अब उपाधिका लागि सोमबार बिहानका राति न्युजर्सीको इस्ट रदरफोर्डमा तीन पटकको च्याम्पियन अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन भिड्दै छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : २२ बजे

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको

नारायणगढ-मुग्लिन सडक खण्डमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी