विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन « Khabarhub

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी क्षेत्रका बहुसंख्यक फुटबल प्रशंसक अर्जेन्टिनाको विपक्षमा उभिएका छन्। विगतमा आफ्नो क्षेत्रको टोलीलाई समर्थन गर्ने परम्परा रहे पनि यस पटक सामाजिक सञ्जालमा भाइरल मिम्स र आलोचनाका कारण अर्जेन्टिना अपवाद बनेको छ।

ब्राजिल, मेक्सिको, कोलम्बिया र चिली जस्ता देशका फुटबल प्रेमी आइतबार हुने फाइनल खेलमा लियोनेल मेसीको टोली पराजित होस् भन्ने चाहन्छन्। सामाजिक सञ्जालमा अर्जेन्टिनाको प्रतिद्वन्द्वी स्पेनका खेलाडी लामिन यमालले ब्राजिलको जर्सी लगाएको तस्बिर भाइरल बनाउँदै त्यसलाई ‘ब्राजिलियनहरूको आशा’ भनिएको छ।

कोलम्बियाली समाजशास्त्री जर्मन गोमेजका अनुसार यसअघि देखिने गरिएको क्षेत्रीय ऐक्यबद्धता यस पटक तोडिएको छ। डिजिटल युगमा अर्जेन्टिना फिफा र त्यसका अध्यक्ष जियानी इन्फान्टिनोको ‘प्रिय पात्र’ बनेको र उसले खेलमा रेफ्रीहरूबाट अनुचित सहयोग पाउने गरेको भाष्य बलियो बनेको छ। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले पत्रकार सम्मेलनमा सोधेको प्रश्नमा समेत सञ्चारकर्मीले स्पेनलाई समर्थन गर्ने बताएका थिए।

यसका साथै, अर्जेन्टिनाका कट्टरपन्थी राष्ट्रपति हाभियर मिलेईको राजनीतिक छविका कारण पनि कतिपय समर्थक अर्जेन्टिनाको जित चाहँदैनन्। फ्रान्सेली टोलीका अश्वेत खेलाडीमाथि अर्जेन्टिनी खेलाडीले गरेको रंगभेदी टिप्पणी र खेलका क्रममा ब्राजिलियन एवं अश्वेत समर्थकमाथि गरिने दुर्व्यवहारले पनि विपक्षी भावना बढाएको हो। हालै मात्र फिफाले एक अश्वेत अमेरिकी इन्फ्लुएन्सरमाथि अर्जेन्टिनी समर्थकले गरेको रंगभेदी टिप्पणीको निन्दा गरेको थियो।

यता, कप्तान लियोनेल मेसीले भने आफ्नो टोलीले मिहिनेत गरेर फाइनल यात्रा तय गरेको दाबी गरेका छन्। उनले भनेका छन्, “हामीले फेरि प्रमाणित गरेका छौँ कि कसैले हामीलाई सित्तैमा केही दिएको होइन, कसैलाई चित्त दुख्छ भने दुखोस्।” अर्जेन्टिनाभित्रै पनि यो विरोधी भावनालाई ठट्टाको रूपमा लिँदै ‘हामी असह्य छौँ’ भन्ने नारा सार्वजनिक भइरहेका छन्।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ८ : ४४ बजे

डिजिटल विभाजन घटाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी भूमिका खेल्यो : सञ्चारमन्त्री

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार

सुनको मूल्य १२ हजार ६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १२ हजार ६००

अमेरिकी सिनेटमा नेतृत्वका लागि शुमरलाई भ्यान होलेनको चुनौती

वासिङ्टन– अमेरिकी सिनेटमा डेमोक्रेटिक दलको नेतृत्व परिवर्तनको माग चर्किरहेका बेला

गिनीमा अवैध सुन खानी बन्द गर्ने निर्णयपछि झडप, १० जनाको मृत्यु

कोनाक्री– अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि सुरक्षा बल र

जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधार जोगाउन अन्तर्राष्ट्रिय सहयोग माग

काठमाडौँ– नेपालले जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण, डिजिटल विभाजन न्यूनीकरण