विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा « Khabarhub

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’ प्रति दर्शकहरूले असन्तुष्टि जनाएपछि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले यसलाई निरन्तरता नदिने संकेत गरेको छ। फिफाका फुटबल विकास प्रमुख आर्सिन वेंगरले यस नियमलाई आगामी प्रतियोगितामा निरन्तरता दिने वा नदिनेबारे अहिलेसम्म कुनै ठोस निर्णय भइनसकेको स्वीकार गरेका छन्।

स्पेन र अर्जेन्टिनाबीच आइतबार हुने फाइनल खेलको पूर्वसन्ध्यामा न्युयोर्क न्युजर्सी स्टेडियममा आयोजित पत्रकार सम्मेलनमा वेंगरले खेलको बीचमा तीन मिनेटको अनिवार्य विश्राम दिँदा खेलाडीको क्षमता वा खेलको बहावमा कुनै सकारात्मक सुधार आएको डाटा फिफासँग नरहेको स्पष्ट पारे। आर्सनलका पूर्वप्रबन्धक समेत रहेका वेंगरले भने, “केही मानिसहरूले यसलाई मन पराएका छैनन्। विश्वकपछि हामी यसको प्रभावबारे विस्तृत विश्लेषण गर्नेछौँ।”

वेंगरले यो नियमले खेलको नतिजामा कुनै प्रभाव नपारेको दाबी गरे पनि फुटबलप्रेमीहरूको भावनालाई कदर गर्दै आवश्यक निष्कर्षमा पुग्ने बताए। फिफाले यसै विश्वकपदेखि लागू गरेको ‘उपचारका लागि मैदानबाहिर जानुपर्ने’ एक मिनेटको नियमको प्रशंसा गरे पनि हाइड्रेशन ब्रेकका सवालमा भने फिफा रक्षात्मक देखिएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ९ : २३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल