विश्वकपमा ‘लङ-रेन्ज’ प्रहारको क्रेज: फिफाले भन्यो- खेलाडीले मैदानमा रकेट जस्तै बल प्रहार गरे « Khabarhub

विश्वकपमा ‘लङ-रेन्ज’ प्रहारको क्रेज: फिफाले भन्यो- खेलाडीले मैदानमा रकेट जस्तै बल प्रहार गरे


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा डि-बक्स बाहिरबाट गोल हुने अनुपात अघिल्लो संस्करणको तुलनामा दोब्बर पुगेको छ। सन् २०२२ मा कतारमा भएको विश्वकपमा कुल गोलको ८ प्रतिशत मात्र बक्स बाहिरबाट भएकोमा यस पटक त्यो संख्या बढेर १६ प्रतिशत पुगेको फिफाको प्राविधिक अध्ययन समूहले सार्वजनिक गरेको छ।

फुटबल विशेषज्ञका अनुसार पछिल्लो समय टोलीहरूले अपनाउने रक्षात्मक शैलीका कारण विपक्षी टोली बक्स बाहिरबाटै भाग्य परीक्षा गर्न बाध्य भएका हुन्। फिफाको टीएसजी सदस्य एवं संयुक्त राज्य अमेरिकाका पूर्वप्रशिक्षक युर्गेन क्लिन्सम्यानले बक्स भित्र र आसपास धेरै खेलाडी हुँदा गोलरक्षकलाई टाढाबाट आएको बल ट्र्याक गर्न गाह्रो भइरहेको बताए। “बक्सभित्र खाली ठाउँ नै हुन्न, ८–९ जना खेलाडी त्यहीँ हुन्छन्। यस्तोमा बाहिरबाट प्रहार गर्नु नै उत्तम विकल्प हो,” उनले भने।

फिफाका फुटबल विकास प्रमुख आर्सिन वेंगरले पनि यस विश्वकपमा प्रहार गरिएका सटको गुणस्तर उत्कृष्ट रहेको भन्दै खेलाडीले ‘रकेट’ जस्तै तीव्र गतिका सट प्रहार गरेको टिप्पणी गरे।

विशेष गरी अर्जेन्टिनाले रक्षात्मक खेल्ने टोलीविरुद्ध लङ-रेन्ज प्रहारकै बढी सहारा लिएको छ। उसले बक्स बाहिरबाट ५ गोल गरिसकेको छ, जसमा इङ्गल्याण्डविरुद्धको सेमिफाइनलको ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले गरेको उत्कृष्ट गोल समेत सामेल छ। यस्तै, शनिबार तेस्रो स्थानका लागि भएको निकै रोमाञ्चक खेलमा फ्रान्सलाई ६–४ ले पराजित गर्ने क्रममा इङ्गल्याण्डका मिडफिल्डर डेक्लान राइसले तेस्रो मिनेटमै बक्स बाहिरबाट आकर्षक गोल गरेका थिए।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  १० : २२ बजे

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९