अर्जेन्टिना इतिहास रच्ने दाउमा हुँदा विश्वकपको फाइनल हुन सक्छ मेस्सीको अन्तिम खेल « Khabarhub

अर्जेन्टिना इतिहास रच्ने दाउमा हुँदा विश्वकपको फाइनल हुन सक्छ मेस्सीको अन्तिम खेल


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि भिडन्त आइतबार (१९ जुलाई) हुँदैछ। महादेशीय च्याम्पियन स्पेन र साविक विजेता अर्जेन्टिना न्यूयोर्कऔन्यु जर्सी स्टेडियममा विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिका लागि आमनेसामने हुँदैछन्।

साविक विश्वविजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छ । उता स्पेन सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने दाउमा रहेको छ।

इतिहास रच्ने लक्ष्यमा अर्जेन्टिना

प्रशिक्षक लियोनेल स्कालोनीको अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्दै सन् १९६२ पछि उपाधि रक्षा गर्ने पहिलो राष्ट्र बन्ने लक्ष्यमा छ।

सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो। एन्थोनी गोर्डनले इंग्ल्यान्डलाई अग्रता दिलाए पनि मेस्सीको उत्कृष्ट प्रदर्शनमा एन्जो फर्नान्डेज र वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनरागमन जित दिलाए

प्रतियोगिताभर अर्जेन्टिनाले सात खेलमा १९ गोल गरेको छ, जुन सबै टोलीमध्ये सर्वाधिक हो। स्पेनले बलियो रक्षापंक्तिका कारण सफलता पाएको छ। अर्जेन्टिनाले आक्रामक खेलमार्फत आफ्नो प्रभुत्व देखाएको छ।

मेस्सीको अन्तिम विश्वकप फाइनल?

यो फाइनल लियोनेल मेस्सीको विश्वकप करियरको अन्तिम खेल हुन सक्ने चर्चा यतिबेला अर्जेन्टिनाका समर्थकमाझ बढिरहेको छ। उनले यस संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल र गोल्डेन बुट दुवैको दाबेदारी कायम राखेका छन्।

यता प्रशिक्षक लुइस डे ला फुएन्तेको नेतृत्वमा रहेको स्पेन प्रतियोगिताभर उत्कृष्ट लयमा छ। स्पेनले खेलेका सातै खेल जितेको छ भने प्रतियोगिताभर केवल एक गोल मात्रै व्यहोरेको छ।

सेमिफाइनलमा स्पेनले उपाधिको प्रमुख दाबेदार फ्रान्सलाई २-० ले पराजित गरेको थियो। उक्त खेलमा मिकेल ओयार्जाबालले पेनाल्टीमार्फत पहिलो गोल गरे । उता पेड्रो पोरोले अर्को गोल थप्दै टोलीलाई फाइनलमा पुर्‍याए ।

स्पेनको बलियो रक्षापंक्तिले प्रतियोगिताभर विपक्षीलाई प्रभावकारी रूपमा रोक्दै आएको छ। यसअघि पोर्चुगललाई हराउँदै क्रिस्टियानो रोनाल्डोको विश्वकप सपना समाप्त पारेको स्पेन अब अर्का महान् खेलाडी लियोनेल मेस्सीको चुनौती पार गर्न चाहन्छ।

स्पेनका युवा स्टार लामिन यामाल पनि प्रतियोगिताभर उत्कृष्ट लयमा छन्। गोल र असिस्टभन्दा बाहिर पनि उनले विपक्षी रक्षापंक्तिलाई निरन्तर दबाबमा राखेका छन्।

सम्भावित सुरुवाती टोली

दुवै टोलीका अधिकांश खेलाडी पूर्ण रूपमा फिट छन्। लामिन यामाल पनि अहिले फिट भएर अर्जेन्टिनाविरुद्ध उत्रिँदैछन् ।

स्पेनले फ्रान्सविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ। यामाल र पेड्रो पोरोको सामान्य चोटको चिन्ता हटिसकेको छ। रोड्री र फाबियन रुइजले मिडफिल्ड सम्हाल्नेछन् भने ओयार्जाबाल अग्रपंक्तिमा रहनेछन्।

अर्जेन्टिनामा रोड्रिगो डे पाउल सुरुवाती टोलीमा फर्किने सम्भावना छ। गोन्जालो मोन्टियलले नाहुएल मोलिनाको स्थान लिन सक्छन्। इंग्ल्यान्डविरुद्ध निर्णायक गोल गरेका लाउटारो मार्टिनेज बेन्चबाट खेल सुरू गर्ने सम्भावना छ । उता जुलियन अल्भारेजले मेस्सीसँग अग्रपंक्तिमा साझेदारी गर्नेछन्।
चुनौती

न्यूयोर्कको न्यु जर्सी स्टेडियममा हुने फाइनल क्यानडाको डढेलोबाट फैलिएको धुवाँका कारण केही प्रभावित भएको छ। पूर्वी अमेरिकाका केही क्षेत्रमा वायु गुणस्तर खस्किएको भए पनि खेलअघि वर्षा हुने पूर्वानुमानका कारण धुवाँ कम हुने अपेक्षा गरिएको छ।

सम्भावित सुरुवाती टोली

स्पेन : उनाइ सिमोन, पेड्रो पोरो, पाउ कुबार्सी, आयमेरिक लापोर्ते, मार्क कुकुरेला, रोड्री, फाबियन रुइज, लामिन यामाल, डानी ओल्मो, आलेहान्द्रो बाएना र मिकेल ओयार्जाबाल।

अर्जेन्टिना : एमिलियानो मार्टिनेज, गोन्जालो मोन्टियल, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलस टालियाफिको, रोड्रिगो डे पाउल, लियान्द्रो पारेडेस, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर; लियोनेल मेस्सी, जुलियन अल्भारेज।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  १२ : ५४ बजे

विश्वकप फाइनल : यस्ता छन् मैदानभित्रका सम्भावित ब्याटल

काठमाडाैं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आइतबार स्पेन

झापाका किसानलाई रासायनिक मलको अभाव

झापा – धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला झापामा रासायनिक

बागमती नदीमा घट्न थाल्यो पानीको बहाव

काठमाडौं – अहिले काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको

उपत्यकामा सडक जलमग्न

काठमाडौं– लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्