प्रतिपक्ष नै नरहने तीन दलीय प्रदेश सरकारको प्रस्ताव स्वीकार्य हुँदैन : गगन थापा « Khabarhub

प्रतिपक्ष नै नरहने तीन दलीय प्रदेश सरकारको प्रस्ताव स्वीकार्य हुँदैन : गगन थापा


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारहरूमा प्रतिपक्ष नै नरहने गरी तीन दलीय सरकार गठन गर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका छन् ।

आइतबार ४४ औँ बीपी स्मृति सप्ताह तथा नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै सभापति थापाले लोकतन्त्रको आधार सशक्त प्रतिपक्ष भएको उल्लेख गर्दै प्रतिपक्षविहीन व्यवस्था लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताए  । 

उनले सरकार र प्रतिपक्ष दुवै लोकतान्त्रिक शासन व्यवस्थाका अभिन्न अंग भएको उल्लेख गर्दै सबै दल सरकारमा सहभागी हुने अभ्यासले जनप्रतिनिधिमूलक प्रणालीलाई कमजोर बनाउने धारणा राखे । 

सभापति थापाले प्रदेश सरकार गठन वा पुनर्गठनका नाममा प्रतिपक्षलाई समाप्त पार्ने कुनै पनि राजनीतिक अभ्यासले लोकतान्त्रिक प्रणालीलाई क्षति पुर्‍याउने चेतावनी समेत दिए । 

उनले  जनमतको सम्मान गर्दै संविधानको भावना र संसदीय परम्पराअनुसार सरकार गठन हुनुपर्नेमा जोड दिए । 

सभापति थापाले नेपाली कांग्रेस लोकतन्त्र, संवैधानिक व्यवस्था र संसदीय अभ्यासलाई कमजोर बनाउने कुनै पनि प्रस्तावको पक्षमा नरहने स्पष्ट पारे ।

उनले कांग्रेसभित्र एकता, अनुशासन र जनविश्वासलाई थप मजबुत बनाउन आवश्यक रहेको बताउँदै आगामी दिनमा पार्टीलाई नयाँ पुस्ताको अपेक्षा अनुसार रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरे । 

सभापति थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किशुनजी)ले स्थापित गरेको लोकतान्त्रिक मूल्य, आदर्श र नैतिक राजनीतिक संस्कृतिलाई व्यवहारमा उतार्नुपर्ने बताए । कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। 

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  २ : ०२ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४