गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति « Khabarhub

गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गत वर्ष भदौ २४ गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण जलेका छ हजार १२६ थान मिसिलमध्ये तीन हजार ३०७ थान मिसिल पुनः प्राप्त भएका छन् । 

उच्च अदालत पोखरामा जलेर नष्ट भएका २५७ मध्ये २५० थान र कास्की जिल्ला अदालतमा नष्ट भएका दुई हजार ६५ थान मिसिलमध्ये एक हजार ९८९ थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ । 

तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका तीन हजार ८०४ थान मिसिलमध्ये एक हजार ६८ थान पूर्णरुपमा र १५ थान मिसिल आंशिक रुपमा प्राप्त भएको उच्च अदालतका उप–रजिष्ट्रार निलप्रसाद पनेरुले जानकारी दिए । 

जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उनको भनाइ छ । 

उच्च अदालतका सात, कास्की जिल्ला अदालतका ७६ र तनहुँ जिल्ला अदालतका दुई हजार ७५१ थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ । मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ ।

‘आगलागीका कारण नष्ट भएका मिसिलका कागजात बुझाउन आह्वान गरेको छौँ, चालु मुद्दामा मिसिल नभई फैसलाको प्रक्रिया नै अगाडि बढ्दैन’, उनले भने, ‘फैसला भइसकेका मुद्दाका पनि मिसिल प्राप्त गरी त्यसको सत्यसत्य छानबिन गरी प्रमाणीकरण गरेर राख्ने गरिएको छ ।’

उनले मिसिल पुनः प्राप्त हुने क्रम जारी रहेकाले सङ्ख्यामा केही घटबढ हुन सक्ने बताए । पुनरावेदनका लागि सर्वोच्च पठाइएका मुद्दाका मिसिल सर्वोच्च अदालतमै जलेका कारण नष्ट भएका उच्च अदालतमा मिसिलको सङ्ख्या थप बढ्ने देखिएको उप–रजिष्ट्रार पनेरुको भनाइ छ । 

आगजनीमा परी नष्ट भएका मिसिल प्राप्तिका लागि सर्वोच्च अदालतले बनाएको मिसिल कागजातको प्राप्ति र प्रमाणीकरणसम्बन्धी निर्देशिकाअनुसार मिसिल पुनः प्राप्त गरिएको हो । 

गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा अदालतहरूमा आगजनी हुँदा मुद्दाका मिसिलसहित महत्त्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ४ : ०९ बजे

विश्वकप २०२६ फाइनल: पहिलो हाफ गोलरहित, स्पेनको दबाब, अर्जेन्टिनालाई मार्टिनेजको चोट

न्यु जर्सी– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको

पहिलो हाफमा अर्जेन्टिना र स्पेन गोलरहित बराबरीमा

काठमाडौं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको पहिलो

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०

महाशाखाले भन्यो : यी क्षेत्रमा थप वर्षा, सतर्कता अपनाउनू

काठमाडौँ । हाल कोसी र बागमती प्रदेशका केही स्थान, लुम्बिनी,