विश्वकप फाइनलअघि मेस्सीको भावुक सन्देश, ‘उपाधिभन्दा सुन्दर हाम्रो यात्रा हो’ « Khabarhub

विश्वकप फाइनलअघि मेस्सीको भावुक सन्देश, ‘उपाधिभन्दा सुन्दर हाम्रो यात्रा हो’


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले विश्वकपको फाइनलअघि सम्पूर्ण अर्जेन्टिनी समर्थक र आफ्ना टोलीका सदस्यलाई भावुक सन्देश दिएका छन्।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक सन्देशमा मेस्सीले उपाधिभन्दा पनि टोलीसँग बिताएको यात्रा आफ्नो लागि सबैभन्दा मूल्यवान् रहेको बताएका छन्।

‘यी सबै वर्षहरूको सबैभन्दा सुन्दर कुरा केवल उपाधि जित्नु होइन, त्यो सम्पूर्ण यात्रा हो,’ उनले लेखेका छन्।

मेस्सीले टोलीसँगको दैनिक जीवन, सँगै प्रतिस्पर्धा गरेको समय, कठिन क्षणमा एकअर्कालाई साथ दिएको अनुभव र यात्राको प्रत्येक पललाई अविस्मरणीय रहेको उल्लेख गरेका छन्।

उनले आफ्ना सबै टोलीका साथी, प्रशिक्षक समूह तथा राष्ट्रिय टोलीलाई परिवारझैँ बनाइराख्न निरन्तर मेहनत गर्ने सम्पूर्ण सदस्यप्रति आभार पनि व्यक्त गरेका छन्।

‘भोलि जे भए पनि, यो टोलीले यस्तो इतिहास रचिसकेको छ, जसलाई हामी कहिल्यै बिर्सने छैनौं र कसैले पनि मेटाउन सक्दैन,’ मेस्सीले सन्देशमा भनेका छन्। उनले समर्थकहरूलाई टोलीको साथमा उभिन आग्रह गरेका छन् ।

अर्जेन्टिना आइतबार हुने विश्वकप फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ। यो फाइनल मेस्सीको अन्तिम विश्वकप खेल हुन सक्ने चर्चा भइरहेका बेला उनको सन्देशले समर्थकमाझ थप भावनात्मक माहोल सिर्जना गरेको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ४ : २३ बजे

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध