विश्वकप फाइनलअघि मेस्सीको भावुक सन्देश, ‘उपाधिभन्दा सुन्दर हाम्रो यात्रा हो’ « Khabarhub

विश्वकप फाइनलअघि मेस्सीको भावुक सन्देश, ‘उपाधिभन्दा सुन्दर हाम्रो यात्रा हो’


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले विश्वकपको फाइनलअघि सम्पूर्ण अर्जेन्टिनी समर्थक र आफ्ना टोलीका सदस्यलाई भावुक सन्देश दिएका छन्।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक सन्देशमा मेस्सीले उपाधिभन्दा पनि टोलीसँग बिताएको यात्रा आफ्नो लागि सबैभन्दा मूल्यवान् रहेको बताएका छन्।

‘यी सबै वर्षहरूको सबैभन्दा सुन्दर कुरा केवल उपाधि जित्नु होइन, त्यो सम्पूर्ण यात्रा हो,’ उनले लेखेका छन्।

मेस्सीले टोलीसँगको दैनिक जीवन, सँगै प्रतिस्पर्धा गरेको समय, कठिन क्षणमा एकअर्कालाई साथ दिएको अनुभव र यात्राको प्रत्येक पललाई अविस्मरणीय रहेको उल्लेख गरेका छन्।

उनले आफ्ना सबै टोलीका साथी, प्रशिक्षक समूह तथा राष्ट्रिय टोलीलाई परिवारझैँ बनाइराख्न निरन्तर मेहनत गर्ने सम्पूर्ण सदस्यप्रति आभार पनि व्यक्त गरेका छन्।

‘भोलि जे भए पनि, यो टोलीले यस्तो इतिहास रचिसकेको छ, जसलाई हामी कहिल्यै बिर्सने छैनौं र कसैले पनि मेटाउन सक्दैन,’ मेस्सीले सन्देशमा भनेका छन्। उनले समर्थकहरूलाई टोलीको साथमा उभिन आग्रह गरेका छन् ।

अर्जेन्टिना आइतबार हुने विश्वकप फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ। यो फाइनल मेस्सीको अन्तिम विश्वकप खेल हुन सक्ने चर्चा भइरहेका बेला उनको सन्देशले समर्थकमाझ थप भावनात्मक माहोल सिर्जना गरेको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ४ : २३ बजे

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र