नागढुङ्गा सुरुङमार्ग सञ्चालन : सुरुमा इमर्जेन्सी सवारी मात्रै, अन्य सवारीलाई क्रमशः प्रवेश दिइने « Khabarhub

नागढुङ्गा सुरुङमार्ग सञ्चालन : सुरुमा इमर्जेन्सी सवारी मात्रै, अन्य सवारीलाई क्रमशः प्रवेश दिइने


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिस्नेखोला–नागढुङ्गा (२.६८८ किमि) सुरुङमार्ग सञ्चालनको पहिलो चरणमा एम्बुलेन्स लगायत अत्यावश्यक सवारीसाधनलाई मात्रै प्रवेश गराइने भएको छ । 

साउन दोस्रो सातादेखि सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको आयोजनामा परीक्षण अवधिमा चरणबद्ध सवारीसाधन सञ्चालन गरिने भएको हो ।

पहिलो चरणमा इमजेन्सी जस्तै, एम्बुलेन्स लगायतलाई प्रवेश गराइन्छ । 

त्यसपछि क्रमशः कार, भ्यान साना सवारी, बस, ट्रक चरणवद्द रुपमा प्रवेश गराइनेछ,’ सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक इ.सौजन्य नेपालले बताए ।

सरकारले सुरुङ सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नेपाली कम्पनीसँगको संयुक्त साझेदारीमा रहेको चिनियाँ कम्पनी युसिन–एआरटी जेभीलाई दिएको छ ।

गत २२ जेठमा प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आयोजनाको स्थलगत अनुगमन गरेको थियो । 

समितिका सभापति आशिष गजुरेलसहितको टोलीलाई आयोजनाले सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको कम्पनीले कर्मचारीलाई तालिम दिएलगत्तै साउन दोस्रो सातादेखि सुरुङ पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको थियो ।

तर, साउन दोस्रो सातादेखि सञ्चालन सुरु गर्ने लक्ष्य राखिए पनि आयोजना अहिले बल्ल कर्मचारी प्रशिक्षणको अन्तिम तयारीमा जुटेको छ ।

‘१४१ जना नेपाली र ५ जना सुरुङ सञ्चालन तथा व्यवस्थापनको अनुभव भएका विदेशी कामदार खटाइने छ,’ निर्देशक नेपालले थपे, ‘जम्मा १४६ जना कामदार त्यहाँ व्यवस्थापनका लागि खटिनुहुन्छ । उहाँहरुको छनौट भइसकेको छ । उहाँहरुमध्ये सामान्य तालिम नेपाली ट्रेनरले नै दिनुहुन्छ । टनेल र सिस्टमका बिषयमा विदेशी प्रशिक्षकको आवश्यक पर्छ,’ उनले बताए ।

उनका अनुसार प्रशिक्षणको काम साउनभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

‘उहाँहरुले आवश्यक सामान राख्ने, परिक्षण गर्ने र सञ्चालनको तयारी भइरहेको छ,’ उनले थपे, ‘आपतकालिन अवस्थामा कसरी उद्दार गर्ने भन्नेमा अहिले दुई गाडी ठोक्किएको अनि आगो लागेको लाइभ घटना जस्तो बनाएर त्यहाँ खटिने कामदारलाई सिकाउने तयारी भइरहेको छ,’ ।

सम्भावित दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायसँग पनि समन्वय भइरहेको निर्देशक नेपालको भनाइ छ ।

‘प्रहरी हस्पिटल, सशस्त्र प्रहरी, सुरुङ नजिकैका धुनिबेसी र चन्द्रागिरी २ वटा नजिकका नगरपालिका, सामान्य दुर्घट्ना र आगलागी त हाम्रो आन्तरिक स्रोतसाधनबाट समाधान हुन्छ । ठुलो आगलागि भयो भने वारुणयन्त्रसँग पनि समन्वय गर्नुपर्छ तयारी गरिरहेका छौँ,’ उनले भने ।

यता, सामाजिक सञ्जालमा नागढुङ्गा सुरुङमार्गमा मानिसहरू मर्निङ वाक गरिरहेको भिडियो भाइरल भइरहेको छ । यसबारे प्रष्ट पार्दै निर्देशक नेपालले उक्त गतिविधि विशेष अवसरका लागि मात्रै गरिएको बताए ।

‘हामीले साउन २ गते नेपाल र जाइकाको ७०औँ वर्ष पुगेको अवसरमा निर्माण सम्पन्न भयो भन्ने म्यासेजसहित सुरुङ प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयमा सचेतनामूलक कार्यक्रम गरेका हौँ । मर्निङ वाक गर्नेहरूलाई अहिले त्यसो नगर्न अनुरोध गरिरहेका छौँ ।सवारीसाधन चल्ने भएपछि त्यो पूर्ण रुपमा बन्द गर्छौँ,’  ।

उनका अनुसार हाल सवारी सञ्चालन नभएकाले सुरुङ बाहिरका सडक क्षेत्रमा त्यस्ता गतिविधि देखिएको हो । सुरुङभित्र भने सर्वसाधारणलाई प्रवेश गर्न नदिइएको उनले दाबी गरे ।

आयोजनाका अनुसार सुरुवाती चरणमा सीमित सवारीसाधन मात्रै सञ्चालन गर्दा सुरुङको प्रणाली परीक्षण गर्न र सम्भावित समस्या तत्काल सुधार गर्न सहज हुनेछ । सबै प्रकारका सवारीसाधन निर्बाध रूपमा सञ्चालनमा आउन भने अझै केही महिना लाग्नेछ ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : ३७ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान