बास बस्दै काभ्रेको रिसोर्टमा किन पुगेका थिए रवि र स्वर्णिम ? « Khabarhub

बास बस्दै काभ्रेको रिसोर्टमा किन पुगेका थिए रवि र स्वर्णिम ?


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार सार्वजनिक बिदाको दिन पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्ले काभ्रेको एक रिसोर्ट पुगे।

रवि धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा पत्नी निकिता पौडेल लामिछानेसहित थिए । उता स्वर्णिम भने रास्वपाका आफूनिकट नेताहरूको साथमा थिए ।

अलग अलग समयमा उक्त रिसोर्टमा पुगेका दुई नेताहरूबीच लामो कुराकानी भएको छ । उक्त रिसोर्टमा अर्थमन्त्री वाग्लेको आफ्नै लगानी छ । रिसोर्टमा उनीहरू शनिबारको बिदा मनाउन गएको दाबी गरिएको छ।

तर रास्वपाका केही नेताहरूले दुई नेताको रिसोर्ट बसाइको अन्तर्य अर्कै रहेको बताएका छन् । यता पार्टीमा उनीहरू दुईजना मात्रै रिसोर्टमा किन पुगे भन्ने औपचारिक जानकारी छैन ।

‘स्वर्णिम दाइको लगानी रहेको रिसोर्टमा दुईजना नेता शनिबारको छुट्टी मनाउन परिवारसहित जानु भएको हुन सक्छ। सभापति पनि परिवारसहित पुग्नु भएको हो । अरू थप कुरा हामीलाई जानकारी छैन’, स्वर्णिमनिकट एक नेताले भने, ‘दुई नेताहरूबी सरकार र पछिल्लो राजनीतिक अवस्थाबारे कुरा हुनु अनौठो भएन । सरकारमा देखिएको समस्याबारे कुरा भएको हुन सक्छ । काठमाडौंमै पनि नियमित सम्वाद भइनै रहेको थियो । उहाँहरूको रिसोर्ट बसाइ बढी पारिवारिक हुन सक्छ ।’

पछिल्लो समय अर्थमन्त्री वाग्ले प्रधानमन्त्री वालेन्द्र शाहकै दबाबमा छन् । वालेन्द्रले वाग्लेको विकल्प खोज्न लागेको चर्चा रास्वपाभित्रै बाक्लिएको छ। उनी स्वर्णिमको विकल्पमा विदुषी राणा र सुशान्त बैद्धिकलाई ल्याउने योजनामा रहेको रास्वपाकै नेताहरू बताउँछन्। बालेन र विदुषीबीच पछिल्लो समय देखिएको निकटताले पनि त्यसलाई मलजल गरेको छ। विदुषीको पहलमा बालेनसँग भएको उद्योगीको छलफलमा अर्थमन्त्री वाग्लेलाई खबर गरिएन ।

तर यसबारेमा अहिलेसम्म रवि र स्वर्णिमले प्रधानमन्त्रीसँग ठोस कुरा गरेको जानकारी पार्टीमा छैन । रविनिकट स्रोतले भन्यो, ‘स्वर्णिमको विकल्प खोज्ने पक्षमा प्रधानमन्त्री पुग्नु त अचम्मको विषय हो । बाहिर आएका विषयहरू अर्थहीन छन् । अहिले नै अर्थमन्त्री फेरबदल अलिक परको विषय होला ।’

रवि उक्त दूसित रिसोर्टबाट निक्लिसकेका छन् । अर्थमन्त्री वाग्ले पनि काठमाडौं फर्किने तयारीमा छन् । वाग्लेको सचिवालयले भने मन्त्रालयकै काममा अर्थमन्त्री उपत्यका बाहिर रहेको जनाएको छ। ‘अर्थमन्त्री मन्त्रालयकै काममा बाहिर हुनुहुन्छ भन्ने जानकारी छ’, उनको एक सचिवालय सदस्यले भने, ‘काभ्रे नै हुनुहुन्छ भन्ने चाहिँ जानकारी भएन।’

बालेन जान लागेका थिए ?

सत्तारुढ रास्वपा स्रोत पनि प्रधानमन्त्री वालेन्द्र शाह स्वर्णिमको रिसोर्टमा जाने कुरा सत्य नरहेको बताउँछ । प्रधानमन्त्रीको सचिवालय पनि बालेन काभ्रेको रिसोर्टमा जाने कुनै तयारी नरहेको बताउँछ । ‘प्रधानमन्त्री बाहिर जानबारे हामीलाई जानकारी छैन, उहाँ जानु भएको छैन’, प्रधानमन्त्रीका एक सचिवालय सदस्यले भने,‘हिजो-आज पार्टी नेताहरूलाई भेट्ने कुनै कार्यसूची थिएन।’

पछिल्लो समय बालेनले स्वर्णिमसहित करिब आधा दर्जन मन्त्री हटाएर आफूनिकट अरूलाई ल्याउने तयारीमा लागिरहेको चर्चा बाक्लिएको छ।

गत मङ्गलबार बालेन सभापति लामिछानेलाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए। त्यहीबेला अर्थमन्त्री वाग्लेको भूमिकाबारे कुराकानी भएको थियो। त्यही भेटमा बालेनले स्वर्णिमबारे कुरा उठाएकाले काभ्रेको रिसोर्टमा दुईजनाबीच कुराकानी भएको बताइएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : ३८ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट