मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश « Khabarhub

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’ मा एकपछि अर्को गरी स्टार नायकहरू अनुबन्ध भएका छन् ।

पछिल्लो समय फिल्ममा नायक विजय बराल अनुबन्ध भएको जानकारी निर्माण पक्षले दिएको छ ।

यसअघि नै फिल्ममा नायकहरू सौगात मल्ल, दयाहाङ राई र नाजिर हुनेस अनुबन्ध भइसकेका छन् । विजयकाे प्रवेशले कलाकारहरूको लाइनअफ थप बलियो बनेको छ ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म मल्टिस्टार बन्ने यो लाइनअफ पुष्टि गरेको छ ।

यो फिल्ममा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन् ।

निर्देशक सौरभ ‘द राइज अफ साम्राज्य’ ठूलो स्केलको एक्सन फिल्म बनाउने योजनामा छन् । आगामी साताबाट छायाङ्कन सुरु हुने उनले बताए । ७० दिनमा फिल्मको सुटिङ सक्ने उनको योजना छ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ७ : ४४ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो