च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित « Khabarhub

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित


४ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली च्याम्पियन्स लिगको प्ले-अफ पहिलो लेगमा अस्ट्रियाको लास्कमाथि ३-० को प्रभावशाली जित निकालेको छ।

सेल्टिक पार्कमा भएको प्रतिस्पर्धात्मक खेलको सुरुआतमै स्वीडिस फरवार्ड बेन्जामिन निग्रेनले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि कोलम्बियाली फरवार्ड डुरानले हाफ टाइमअघि र पछि दुई गोल गर्दै स्कटिस च्याम्पियनको जित सुनिश्चित गरे।

पाहुना टोली लास्कले खेलको सुरुआतमै सेल्टिकलाई दबाबमा राखेको थियो। पहिलो हाफमा लास्कका मोसेस उसोर र सेमुअल एडेनिरानले सेल्टिकको पोस्टमा बल छिराए पनि दुवै प्रयासलाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए।

दोस्रो हाफमा थप आक्रामक बनेको सेल्टिकका लागि डुरानले निग्रेनसँगको उत्कृष्ट ‘वान-टु’ पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए। लास्कले खेलमा फर्कने केही राम्रा अवसर बनाए पनि सेल्टिकका गोलकिपर भिल्जामी सिनिसालोले उत्कृष्ट बचाउ गरे।

यस जितसँगै सेल्टिकले च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। यी दुई टोलीबीचको निर्णायक दोस्रो लेग आगामी मङ्गलबार अस्ट्रियाको लिन्जमा हुनेछ।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  ६ : ३४ बजे

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा