रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण « Khabarhub

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने र गर्भवती तथा सुत्केरीलाई पोषिला खानेकुरा उपहार दिने कार्यक्रम सञ्चालन गरेको छ ।

ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी उपचारमा पहुँच बढाउने ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र आमा तथा बच्चाको पोषण अवस्था सुधारका साथै जोखिमपूर्ण तवरले घरमै प्रसुति हुनेको सङ्ख्या शून्य बनाउने उद्देश्यले ‘गर्भवती र सुत्केरीसँग’ उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको हो ।

चालु आव २०८३–८४ मा पाँचपाँच लाख बजेट विनियोजन भएको दुईवटै कार्यक्रमको गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार पालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुनले शुभारम्भ गरेको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममार्फत स्वास्थ्यकर्मी हरेक महिनाको एकपटक ६८ वर्षभन्दा बढी उमेरका नागरिकको घरघरमा पुगेर रक्तचाप र सुगर परीक्षण, परामर्श र स्वास्थ्य संस्थामा उपलब्ध भएको औषधि उपलब्ध गराउने तथा स्थानीयस्तरमा उपचार नहुने समस्या भएकालाई अस्पताल जान सुझाउने गरेका छन् ।

गत वर्ष दोहोरिएका गरेर ६ हजार ४०० ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य परीक्षण सेवा पाएका रघुगङ्गाको स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयसवालले बताए । तोकिएको चार पटक गर्भपरीक्षण गराउन स्वास्थ्य संस्थामा आउने र अस्पताल तथा प्रसूति गृहमा सुरक्षित प्रसुति हुने सुत्केरीलाई अण्डा उपहार दिने व्यवस्था मिलाइएको छ । हरेक पटक गर्भपरीक्षण गर्न आउँदा र प्रसूति भएपछि स्वास्थ्यकर्मी घरभेटमा जाँदा अण्डा उपहार दिने गरेका छन् ।

गत आवमा रघुगङ्गामा संस्थागत प्रसूति सेवा लिएका ८६ जनाले यो सुविधा पाएका छन् । वडा नम्बर ६ पाखापानीका एक जना बाहेक सबैले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख जयसवालले बताए ।

गर्भ र प्रसूति अवस्थामा पोषणयुक्त खानेकुराको व्यवस्था मिलाउनुपर्ने सन्देश प्रवाह गराउने तथा घरमा प्रसूति हुने सङ्ख्यालाई शून्य बनाएर मातृशिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले आव २०८१–८२ देखि सुरु भएको कार्यक्रम प्रभावकारी देखिएकाले चालु आवमा पनि निरन्तरता दिएको उपाध्यक्ष पुनले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ७ : ३७ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण