धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल « Khabarhub

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र दूरदर्शिता बिना राज्यसत्ता सञ्चालन गर्दा नयाँ राजनीतिक नेतृत्व पनि धुर्मुस–सुन्तलीजस्तै असमयमै पलायन हुनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने धुर्मुस–सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यको भरमा त्यति ठूलो परियोजना सुरु गर्नु अपरिपक्व कदम भएको टिप्पणी गरेका छन्। पर्याप्त रकम अभाव र बढ्दो उधारोका कारण परियोजना संकटमा परी उनीहरू पलायन हुन बाध्य भएको उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह लक्षित गर्दै पोखरेलले अहिलेको नयाँ राजनीतिक नेतृत्वको कार्यशैली पनि ठ्याक्कै त्यस्तै दिशामा अघि बढिरहेको दाबी गरेका छन्।

“राजनीति लामो संघर्ष, समर्पण र राज्य सञ्चालनको कला तथा विज्ञान हो,” पोखरेलले लेखेका छन्, “केवल डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा आज मुलुकमा चौतर्फी अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट गहिरिँदै गएको छ।”

स्पष्ट योजना र दूरदर्शिता बिना राज्यसत्तालाई स्वेच्छाचारी ढङ्गले सञ्चालन गरिए भोलि नयाँ नेतृत्वको हविगत पनि धुर्मुस–सुन्तलीकै जस्तो हुने भन्दै उनले समयमै चेत खुलाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  १० : १५ बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको