आशिका तामाङद्वारा बानी व्यहोरा सुधार्ने घोषणा « Khabarhub

आशिका तामाङद्वारा बानी व्यहोरा सुधार्ने घोषणा


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले अबदेखि आफ्नो बानी व्यहोरा सुधार्ने प्रतिबद्धता जनाएकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अबदेखि नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने बताएकी हुन् । 

‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु’, उनले लेखेकी छन् । 

रास्वपा संसदीय दलको बुधबारको बैठकमा सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूलाई मर्यादित र अनुशासित हुन निर्देशन दिएका थिए । 

तामाङले मंगलबार प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालसँग मुख लागेकी थिइन् । 

सभामुखले नामै तोकेर संसदको मर्यादामा बस्न रुलिङ गरेपछि उनले झोक्किँदै संसदको बैठक कक्ष छाडेकी थिइन् ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ११ : १४ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो