विपद् प्रभावितलाई सहयोग गर्न आह्वान « Khabarhub

विपद् प्रभावितलाई सहयोग गर्न आह्वान


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कास्की– अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ । राहत र पुनःस्थापना लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको छ ।

गत असार र साउन महिनामा गाउँपालिका क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए ।

‘अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा विभिन्न विपद्जन्य घटनाका कारण गाउँपालिका भित्रका सडक, पुल, होटललगायत भौतिक संरचना,  कृषि क्षेत्र तथा स्थानीय नागरिकको जनजीवनमा ठूलो क्षति पुगेको छ । हामी क्षतिको विवरण अझै सङ्कलन गरिरहेका छौँ । पालिका एक्लैको प्रयासले सम्भव नभएपछि विपद् व्यवस्थापनका लागि कोष बनाएर कठिन परिस्थितिमा प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि सबै व्यक्ति, सङ्घसंस्था तथा सरोकारवालालाई विपद् व्यवस्थापन कोषमा सहयोग गर्न आह्वान गरेका छौँ’, अध्यक्ष केसीले भने ।

अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनका व्यक्ति, विभिन्न सङ्घसंस्था, सामाजिक तथा व्यावसायिक प्रतिष्ठानलाई विपद् व्यवस्थापन कोषमा सहयोग गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले प्राप्त सहयोग रकमलाई विपद् प्रभावित परिवारको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा प्राथमिकताका साथ परिचालन गर्ने जनाएको छ ।

अन्नपूर्णमा मोदी खोलाको बाढीले बिरेठाँटीमा पक्की कालोपत्र सडक बगाउँदा गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद छन् । खोलाको कटानका कारण बिरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ । विशेषगरी बीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पुर्‍याएकाे गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्डसमेत बाढीले बगाएको छ । बाढीले खोलाको किनारमा सिमेन्ट, ढुङ्गा बालुवाबाट निर्माण गरिएको तीन वटा तातोपानी कुण्ड पूर्ण रुपमा बगाएर पूर्ण क्षति पुर्‍याएकाे हो । बाढीका कारण यस क्षेत्रका केही होटल, मन्दिर तथा झोलुङ्गे पुलसमेत बगाएको र क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिीवी बरालले बताए ।

बाढीले बढी क्षति गरेको बिरेठाँटी पर्यटकीय क्षेत्र घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर (एबीसी) जाने प्रमुख प्रवेशमार्ग हो । यसैगरी बिरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने महत्वपूर्ण पर्यटकीय मार्गसमेत हो । 

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ११ : ११ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने