‘म्याथ सिक्ने’ गीत अस्वीकृतको बाछिटा : ‘मास्टर्नी’को प्रिमियरमा दुर्गेश गयल ! « Khabarhub

‘म्याथ सिक्ने’ गीत अस्वीकृतको बाछिटा : ‘मास्टर्नी’को प्रिमियरमा दुर्गेश गयल !


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म प्रचारको फन्डा बहिष्कारको कारक बनेपछि के हुन्छ ? प्रचारका लागि प्रयोग हुने भाइरल अनुहारलाई कसरी किनारा लगाइन्छ ? त्यो भाइरल म्यान दुर्गेश थापाले थाहा पाएका छन् ।

दुर्गेशको भाइरल क्रेज क्यास गर्दै प्रियंकाले आफ्नो डेब्यू निर्माणमा बनेको फिल्म ‘मास्टर्नी’को प्रचार गीत बनाइन् । दुर्गेशले तयार गरेको गीत भाइरल त भयो तर उति नै विवादमा पर्‍यो ।

उत्तेजक भिडियो र शब्द प्रयोग प्रियंकाका लागि भारी बन्यो । फिल्म बहिष्कारसम्मको कुरा उठ्यो । त्यसैको बाछिटा प्रिमियरमा देखियो ।

ललितपुरमा बुधबार भएको प्रिमियरमा दुर्गेश आएनन् । यसको कारण प्रष्टै छ– दुर्गेशको विवादित छविले फिल्मलाई हानी गर्ने भएकाले उनी नआएका हुन् ।

प्रचारका लागि प्रयोग भएकै अनुहार प्रिमियरमा लुकाइनु प्रियंकाको बाध्यता थियो । पहिला दुर्गेशको चर्चा फिल्म प्रचारका लागि प्रयोग हुन लायक थियो । ‘म्थान सिक्ने’ गीतले उनको छवि यति बिग्रिएको छ कि अब कार्यक्रममा उनी उपस्थित हुँदा पनि फिल्मको व्यापारमा नकारात्मक असर गर्छ ।

यसरी प्रचारका लागि प्रयोग भएको अनुहार प्रिमियरमै उपस्थित हुन नसक्ने अवस्था बन्नु बाहिरबाट नियाल्नेका लागि पनि राम्रो देख्दैनन् । नैतिकवान कलाकारका लागि त यो भन्दा ठूलो नकारात्मक क्षण के होला ?

बुझिए अनुसार प्रिमियरमा दुर्गेश उपस्थित हुँदा फिल्मको व्यापारमा असर गर्ने भएकाले सल्लाहमै उनी नआएका हुन् । यो दुर्गेश–प्रियंकाको समझदारीमै भएको हो ।

तर, प्रियंकाले भने व्यस्ताताका कारण दुर्गेश नआएको हुन सक्ने प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘उहाँको श्रीमती चाहिँ आउनु भएको छ । सायद उहाँ व्यस्त भएर नआउनु भएको होला । अहिले को किन आउनुभएन मैले फलोअप गर्न भ्याएको छैन । आजको दिन मेरा लागि पनि विशेष छ ।’

प्रियंकाका लागि दुर्गेश एक भाइरल म्यान मात्रै होइनन् । एक मिल्ने साथी पनि हुन् । अझ भन्नुपर्दा फ्लप भएपछि गुमनाम रहेकी प्रियंकालाई फेरि चर्चामा ल्याउने पनि उनै हुन् ।

तर, आवश्यकभन्दा बढीको फन्डाले दुर्गेश–प्रियंकाले यो अप्रिय क्षण पनि देख्नुपर्‍यो । यो घटनाले अब फिल्म चलाउन अनावश्यक फन्डा गर्ने युगको अन्त्य भएको र दर्शक सचेत भइसकेको सन्देश प्रवाह गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  १ : ११ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।