‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’ « Khabarhub

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाएसम्म मन्त्रिपरिषद्ले गरेका निर्णयहरूमाथि अनुसन्धान गर्न नसकिने स्पष्ट पारेका छन् । 

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रमुख आयुक्त राईले मन्त्रिपरिषद्ले गर्ने ’नीतिगत निर्णय’ को दायरा र स्पष्ट परिभाषा कानुनमा तय नभएसम्म मन्त्रिपरिषद्ले गरेका निर्णयहरूमाथि अनुसन्धान गर्न वा मुद्दा चलाउन आयोगलाई कानुनी बाधा रहेको उल्लेख गरे।

उनले राहदानी प्रकरणमा प्रधानमन्त्रीले अनुसन्धानको प्रगति बुझ्न वा छलफल गर्न बोलाएपछि जानु स्वाभाविक प्रक्रिया भएको बताए । 

राहदानी सम्बन्धी विषयमा छलफलपछि प्रक्रियालाई छिटो गरी तथ्य र कैफियतका आधारमा अभियोग पत्र तयार पारेर अदालतमा मुद्दा दायर गरिएको उनले बताए । 

राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक मन्त्रिपरिषद्मा पठाइसकिएले त्यसलाई छिटो पारित गर्न आग्रह गरे ।  

अनुसन्धान चलिरहेको बेला कर्मचारी तथा अनुसन्धान अधिकृतहरूलाई बीचमै सरुवा गर्दा मुद्दा अलपत्र पर्ने र दोहोरो मिहिनेत लाग्ने समस्या देखिएको उनले बताए । 

उनले आयोगमा निश्चित अवधिका लागि कर्मचारी नचलाउने वा सरुवा गर्दा आयोगको परामर्श लिने व्यवस्था गर्नुपर्ने समेत बताए ।  

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ५ : ५४ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र