किएभमा रूसी हमलामा १२ जनाको मृत्यु « Khabarhub

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो दूरीको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन्। 

पछिल्ला महिनामा रूस र युक्रेनले हवाई आक्रमण तीव्र बनाएपछि साढे चार वर्षदेखि जारी युद्धमा सर्वसाधारणमाथिको जोखिम बढेको छ ।

किएभका मेयर भिटाली क्लिट्स्कोले रातभर भएको आक्रमणबाट आवासीय क्षेत्र, गोदाम, स्वास्थ्य संस्था र शैक्षिक प्रतिष्ठानमा क्षति पुगेको बताए। 

किएभ क्षेत्रको ब्रोभरी जिल्लामा पनि एक जनाको मृत्यु र अर्का एक जना घाइते भएको क्षेत्रीय गभर्नर तिमुर टाकाचेन्कोले बताए। उनका अनुसार एउटा औद्योगिक प्रतिष्ठानमा समेत क्षति पुगेको छ ।

रूसी आक्रमणपछि पोल्यान्डले युक्रेनसँगको सीमाक्षेत्रमा हवाई सुरक्षा प्रणाली सक्रिय पार्दै लडाकु विमान परिचालन गरेको जनाएको छ । 

रोमानियाले पनि युक्रेनी सीमासँग नजिकै हवाई लक्ष्य पत्ता लागेपछि स्पेनका दुई लडाकु विमान र आफ्नै हेलिकप्टर परिचालन गरेको बताएको छ । एउटा ड्रोन रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरी तुल्चाको निर्जन क्षेत्रमा खसेको थियो।

यसैबीच, रूसले युक्रेनबाट मस्कोतर्फ करिब २५० ड्रोन पठाइएको जनाएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार तीमध्ये २८ वटा ड्रोन मस्को क्षेत्रमा नष्ट गरिएका थिए । युक्रेनले पनि पछिल्ला महिनामा रूसमाथि प्रतिशोधात्मक आक्रमण बढाएको छ । 

मस्कोलाई युद्ध अन्त्यका लागि वार्तामा ल्याउने दबाबस्वरूप आक्रमण तीव्र पारिएको युक्रेनको भनाइ छ ।
 

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ५ : ५५ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६