पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान « Khabarhub

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ । नेपालस्थित जापानी राजदूतावासले ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरेको हो । 

नेपालस्थित जापानी राजदूत माइदा तोरुले मनास्लु हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपाल पर्वतारोहण सङ्घले ‘मनास्लु प्लेटिनम जुब्ली’ सफलतापूर्वक सम्पन्न गरेको भन्दै आज सम्मान गरेको हो ।

राजदू त तोरुले नेपाल पर्वतरोहण सङ्घका अध्यक्ष फुरगेल्जे शेर्पालाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । सम्मान ग्रहणपछि अध्यक्ष शेर्पाले जापानी दूतावासबाट प्राप्त यो सम्मान नेपाल पर्वतारोहण सङ्घका लागि ठूलो उपलब्धि भएको बताए। 

उनले मनास्लु हिमालको आरोहण इतिहास र नेपाल–जापानबीचको पर्वतीय सम्बन्धलाई थप सुदृढ बनाउन सङ्घले निरन्तर भूमिका निर्वाह गर्ने उल्लेख गरे।

कार्यक्रममा राजदूत तोरुले ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन नेपाल पर्वतारोहण सङ्घले खेलेको महत्वपूर्ण भूमिकाको कदरस्वरूप सम्मान गरिएको बताए। कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका पदाधिकारी, सदस्य तथा नेपालस्थित जापानी राजदूतावासको प्रतिनिधिको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ६ : ०० बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६