बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल « Khabarhub

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहर व्यवस्थापनमा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहर व्यवस्थापनका लागि भइरहेका कामबारे काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसँग छलफल गरेका छन् ।

मन्त्रालयमा आज भएको छलफलमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका डा तिमिल्सिनाले बञ्चरेडाँडा ल्याण्डफिल साइटसम्म पुग्ने सडक स्तरोन्नति तथा कालोपत्र गर्न सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाले आवश्यक बजेट छुट्याएर काम अघि बढाउनुपर्ने बताए। 

बञ्चरेडाँडा क्षेत्रका स्थानीयवासीले ल्याण्डफिल साइटसम्म पुग्ने सडक जीर्ण भएको, फोहरबाट दुर्गन्ध फैलिएको, फोहर बोकेका सवारीसाधन नछोपी सञ्चालन हुने, बाटोमै फोहर खसालिने तथा फोहर विसर्जनपछि सवारीसाधन नधोई उपत्यका फर्काउनेलगायत समस्याबारे गुनासो गर्दै आएका छन् । त्यस्तै, फोहर विसर्जनपछि पर्याप्त मात्रामा माटोले छोप्ने (क्यापिङ) काममा समेत लापरबाही भइरहेको स्थानीयको गुनासो छ ।

आफू निर्वाचित क्षेत्रबाट धेरै जनगुनासो आएपछि सञ्चारमन्त्री डा तिमिल्सिनाले महानगर प्रमुखसँग छलफल गरेका हुन् । 

‘कतिपय क्षेत्रमा सडक कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको गुनासो धेरै आएका छन् । फोहर व्यवस्थापन स्थलसम्म पुग्ने बाटो वरपरका स्थानीय वास्तवमै पीडित छन् । त्यहाँ दुर्गन्ध फैलिएको छ र विभिन्न रोगको सङ्क्रमण बढेको गुनासो पनि आएको छ’, उनले भनिन् ।

सञ्चारमन्त्रीले बञ्चरेडाँडाका समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकामा जोड दिए । फोहर विसर्जनपछि समयमा माटोले नछोप्दा दुर्गन्ध फैलिने भएकाले क्यापिङको कामलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

कामपाकी कार्यवाहक प्रमुख डङ्गोलले बञ्चरेडाँडामा काठमाडौँ महानगरसहित उपत्यकाका अन्य स्थानीय तहबाट समेत फोहर जाने बताउँदै फोहर व्यवस्थापनको आर्थिक दायित्व भने काठमाडौँ महानगरपालिकाले मात्र बेहोर्दै आएको जानकारी दिइन्।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ६ : २५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी