बाजुरामा पहिरोले दुई घर बगायो « Khabarhub

बाजुरामा पहिरोले दुई घर बगायो


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको पहिरोले दुई घर पुरिएका छन् । अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले दुई घर वटा पूर्ण रूपमा क्षति भएका हुन् ।

गौमुल–३ का वडाध्यक्ष गोरखबहादुर बोहराका अनुसार पहिरोले स्थानीय बुदी बोहरा र पूर्णिमल बोहराको घरसँगै भित्र रहेका पशुचौपाया समेत पुरिएका छन् । एक्कासी माथिबाट आएको पहिरोले घर पूर्ण रूपमा पुरिएका बताउँदै उनले आसपासका अन्य घर पनि पहिरोको उच्च जोखिममा रहेका जानकारी दिए । भिरालो जमिनका कारण तलका घर जोखिममा परेका उनको भनाइ छ ।

लगातार भारी वर्षा भइरहनुका साथै अहिले अँध्यारो भइसकेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय भरत बोहराले बताए । उनका अनुसार गाउँका थप २० परिवार पहिरोको उच्च जोखिममा छन् । पहिरो दिउँसोको समयमा गएकाले घरभित्र रहेका स्थानीय सुरक्षित स्थानमा गएका भन्दै मानवीय क्षति भने नभएको वडाध्यक्ष बोहराले जानकारी दिए । उनका अनुसार घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, धनमाल, पशुचौपाया सबै पुरिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार गाउँपालिकाको केन्द्र घट्मुनाबाट प्रहरीसहितको टोली त्रिपाल, पाललगायत उद्धारका लागि आवश्यक सामग्रीसहित घटनास्थलमा खटिएको छ । केन्द्रबाट घटनास्थल पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्ने बताउँदै उक्त घटनाको यकिन विवरण प्राप्त हुन नसकेको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ९ : ०३ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको