हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने « Khabarhub

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडक कालोपत्रका लागि प्रक्रिया अघि बढेको छ । हुलाकी राजमार्ग निर्देशनालयका अनुसार पहिलो चरणमा सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार ९९६ रूख काट्नुपर्ने जनाएको छ ।

निकुञ्जले ध्रुवबाट बनकट्टासम्म सडकको बीचबाट १५ मिटर दाँयाबाँया पर्ने रूखको तथ्याङ्क सङ्कलन गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनका अनुसार तथ्याङ्क सङ्कलन गरेर नापजाँच गरी हुलाकी राजमार्ग निर्देशनालय र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का लागि पठाइएको छ ।

“यो छोटो बाटो करिब छ किलोमिटरको छ । कसराबाट बनकट्टासम्म अहिले सञ्चालनमा रहेको बाटो नौ किमी लम्बाइको छ । छोटो बाटो बनाउँदा माडीको बनकट्टाबाट देउरालीसम्म अहिले प्रयोग भएको बाटो प्रयोगमा ल्याइन्छ भने त्यहाँबाट ध्रुवसम्म जाने पुरानो बाटोलाई विस्तार गरिँदै छ,” उनले भने ।

ध्रुव क्षेत्रमा पर्ने राप्ती नदीमाथि पुल बनाउनुपर्ने बताउँदै निर्देशनालयका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर विष्णुबाबु पाण्डेले रूखको तथ्याङ्क लिएर निकुञ्जले प्रतिवेदन पठाइसकेकाले अब इआइएका लागि सार्वजनिक सुनुवाइ गरिने उल्लेख गरे । त्यसपछि इआइएको नतिजा वन मन्त्रालयले स्वीकृत गरेपछि कालोपत्रका लागि बोलपत्र आह्वान गरिने उनले जानकारी दिए ।

पाण्डेका अनुसार उक्त खण्ड राष्ट्रिय गौरवको आयोजनाभित्र पर्ने भएकाले सडक विस्तार गरी कालोपत्र गर्न आर्थिक समस्या भने हुँदैन । माडीवासीले लामो समयदेखि निकुञ्जभित्रको सडक कालोपत्र गर्नुपर्ने भन्दै सम्बन्धित निकायसँग माग गर्दै आएका थिए ।

चितवन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्यसमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उच्च प्राथमिकता दिएर काम अघि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

रास्वपाको चितवनमा भएको पहिलो महाधिवेशनमा सहभागी हुन आएका मन्त्रीहरूले स्थलगत निरीक्षण गरेर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । सोपश्चात् कामले तीव्रता पाएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  १० : २५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको