सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ । घटनामा एक साइकलयात्री घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गए राति मलङ्गवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वाल्मीकि रायको मृत्यु भएको हो ।
सोही मोटरसाइकलको ठक्करबाट साइकलचालक मलङ्गवा नगरपालिका–४ का ५९ वर्षीय महेश महतो घाइते भएका छन् । निजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया