एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर) « Khabarhub

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन भएको छ। नागोयास्थित मिजुहो पार्क रङ्गशालामा शनिबार आयोजित विशेष समारोहमा जापानका सम्राट नारुहितोले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

विविध सांस्कृतिक प्रस्तुति र सङ्गीतबीच आयोजित उद्घाटन समारोहको मार्चपासमा नेपालका तर्फबाट बक्सर चन्द्रबहादुर थापामगर र महिला कबड्डी खेलाडी मानमती विष्टले राष्ट्रिय ध्वजा वाहकका रूपमा टोलीको नेतृत्व गरेका थिए ।

थापामगर गत वर्षको विश्व बक्सिङ च्याम्पियनसिपका कास्य पदक विजेता हुन् भने विष्ट सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाडमा कास्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीकी सदस्य हुन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रामचरित्र मेहताका अनुसार यसपटकको एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १३५ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जसमा ५७ महिला र ७८ पुरुष खेलाडी रहेका छन्।

एसियाडको यस २०औँ संस्करणमा एसियाका कुल ४५ राष्ट्रका साथै एक शरणार्थी टोलीका खेलाडीहरूले सहभागिता जनाएका छन्।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ११ : ४० बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग