उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर « Khabarhub

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘जलाकी’को फष्टलुक टिजर सार्वजनिक गरिएको छ । 

आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्मको टिजरले कलेज जीवनमा उम्रिएको एकतर्फी प्रेम र त्यसबाट जन्मिने अधुरो प्रेमकथातर्फ संकेत गरेको छ ।

टिजरमा उपासनालाई कलेज पढ्ने युवतीको भूमिकामा देखाइएको छ । उनको अभिनेता सोनम तोप्देनसँग एकतर्फी प्रेम बसेको दृश्यलाई केन्द्रमा राखिएको छ । सोनमप्रतिको उपासनाको आकर्षण र भावनात्मक अवस्थालाई प्रस्तुत गरिएको टिजरले फिल्मको कथा कलेज जीवनको प्रेम, भावना र त्यसको अपूर्ण यात्राको वरिपरि घुम्ने संकेत गर्छ ।

अशोक थापा मगरको निर्देशन तथा लेखन रहेको फिल्ममा उपासना र सोनमसँगै शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, उषा खड्गी र खड्कबहादुर पुन (खबपु) लगायतको अभिनय छ। अभिनेता तथा क्याप्टेन विजय लामा फिल्ममा विशेष भूमिकामा देखिनेछन् । 

एम मिडिया प्रोडक्सनको प्रस्तुतिमा बनेको ‘जलाकी’का निर्मातामा बेताने मगर (बबिता राना), ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् ।

फिल्मको छायांकन शैलेन्द्र डी कार्कीले गरेका छन् भने सम्पादन अशोक थापा मगरको रहेको छ। संगीततर्फ सरित रयान र एसडी योगी जोडिएका छन्। सार्वजनिक टिजरले फिल्मप्रति विशेषगरी कलेज जीवन र प्रेमकथामा रुचि राख्ने दर्शकको चासो बढाउने संकेत गरेको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  १ : २० बजे

इरान युद्धको लागत बढ्दै, अमेरिकी सेनाको खर्च ४३ अर्ब ६० करोड डलर

वासिङ्टन– इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब

महासचिवमा रोकेपछि ‘मन दुख्यो’ भनेका प्रदीप ज्ञवालीले किन गरे केपी ओलीकै गुणगान ?

काठमाडौं- नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली यतिबेला पार्टी अध्यक्ष केपी

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको