उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’ « Khabarhub

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र कपाललाई लिएर हुने ट्रोलिङमा प्रायः मौन देखिन्छन् । तर यसपटक उनले सामाजिक सञ्जालमा आफूलाई निशाना बनाउनेहरूलाई कार्यक्रममै कडा जवाफ दिएका छन्।

‘बिग बोस २०’को पछिल्लो ‘वीकेन्ड का वार’ एपिसोडमा सलमानले ट्रोल गर्नेहरूको सोचमाथि नै प्रश्न उठाए । प्रतियोगी स्काउटले आफ्नो गेमिङ समुदायलाई सलमानका केही भनाइको आलोचना गर्न आग्रह गरेको प्रसंगमा उनले ‘किन ट्रोल गर्ने? त्यसको सोच के हो?’ भन्दै प्रश्न गरे।

आफ्नो बढेको तौललाई लिएर भइरहेका टिप्पणीप्रति व्यङ्ग्य गर्दै सलमानले ‘भाइ मोटा हो गया है, कर लो ना ट्रोल’ भन्दै आफूलाई ट्रोल गर्न चुनौती दिए । त्यसपछि उनले टोपी, ज्याकेट र सर्ट हटाउँदै ‘कर लो ट्रोलिङ’ भनेका थिए। उनले मानिसको रूप, तौल र व्यक्तिगत विषयमा टिप्पणी गर्नुअघि आफू र आफ्नो परिवारबारे सोच्नुपर्ने बताए।

सलमानले अभिनेत्री कट्रिना कैफमाथि भइरहेको ट्रोलिङको विषय पनि उठाए। आमा बनेपछि उनको शरीर र तौलमा आएको परिवर्तनलाई लिएर भइरहेका नकारात्मक टिप्पणीप्रति उनले असन्तुष्टि जनाउँदै गर्भावस्थापछि शरीरमा परिवर्तन आउनु सामान्य भएको बताए।

आफ्नो उमेरमाथि हुने टिप्पणीलाई पनि सलमानले व्यंग्यात्मक रूपमा जवाफ दिए । ‘बुढा होगा, अवश्य ६० सालका होगा’ भन्दै उनले आफू सधैँ ‘मैने प्यार किया ’ को समय जस्तो जवान देखिन नसक्ने बताए  । सामाजिक सञ्जालबाट पैसा कमाउने नाममा अरूको शरीर, रूप, परिवार वा निजी जीवनलाई होच्याउनु उचित नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ३ : १९ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा