लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल « Khabarhub

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् ।

लिग-२ को एकै संस्करणमा १ हजारभन्दा बढी रन बनाउने उनी पहिलो नेपाली ब्याटर बनेका छन् ।

यसअघि कुनै पनि नेपाली ब्याटरले लिग-२ को एउटै संस्करणमा १ हजार रनको आँकडा छुन सकेका थिएनन् । रोहितको यो सफलतासँगै उनी लिग-२ को एकै संस्करणमा १ हजार रन पुरा गर्ने विश्वका चुनिएका उत्कृष्ट ब्याटरहरूको सूचीमा समावेश भएका छन् ।

रोहितले यो लिगका ३६ मध्ये ३५ खेलका ३२ इनिङ खेल्दा एक हजार ४ रन बनाएका हुन् । यो अवधिमा उनले दुई शतक र पाँच अर्धशतक बनाएका छन् ।

यस सूचीमा नाम लेखाउने अन्य खेलाडीमा नामिबियाका गेरहार्ड इरास्मस, पपुवा न्यूगिनीका असद भाला, अमेरिकाका आरोन जोन्स, ओमानका जतिन्दर सिंह, स्कटल्यान्डका काइल कोएत्जर, क्यालम म्याक्लियोड र जर्ज मुन्से, युएईका भृत्य अरविन्द तथा अमेरिकाका मिलिन्द कुमार, साईतेजा मुक्कामाल्ला र मोनांक पटेल रहेका छन् ।

यस्तै स्कटल्यान्डका ब्रेन्डन म्याकमुलन र नेदरल्यान्ड्सका म्याक्स ओ’डाउडले पनि यो उपलब्धि हासिल गरिसकेका छन् ।

अमेरिकाका कप्तान मोनांक पटेल लिग-२ का दुवै संस्करणमा १ हजारभन्दा बढी रन बनाउने एक मात्र ब्याटर हुन् । यस्तै, नेदरल्यान्ड्सका स्कट एडवर्ड्स (९२० रन) ले जारी संस्करणको अन्तिम राउन्डमा थप ८० रन जोडेमा यस विशिष्ट सूचीमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ६ : ०१ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६