दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी « Khabarhub

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने र लाउडस्पीकरबाट प्रचार प्रसारण पुनः सुरु गर्ने चेतावनी दिएको छ । सीमा क्षेत्रमा बारुदी सुरुङ विस्फोट र सैनिक गतिविधिलाई लिएर तनाव बढिरहेका बेला उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले सोमबार यस्तो चेतावनी दिएकी हुन् ।

दक्षिण कोरियाले सेप्टेम्बर २१ मा भएको खानी विस्फोटमा उत्तर कोरिया जिम्मेवार रहेको आरोप लगाउँदै माफी माग्न र अन्य खानी हटाउन आग्रह गरेको थियो । उत्तर कोरियाले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । किम यो जोङले दक्षिण कोरियाली सेनाले अगस्टदेखि सीमा पार गर्ने उत्तर कोरियाली सैनिकमाथि चेतावनी गोली चलाउने र प्रसारण गर्ने गरेको आरोप लगाइन् ।

उनले सीमामा सम्भावित घटनाको सामना गर्न थप रणनीतिक हतियार तैनाथ गर्ने विचार भइरहेको बताइन् । दक्षिण कोरियाका संयुक्त सेना प्रमुख जिन योङ–सुङले उत्तर कोरियाको चेतावनीलाई अस्वीकार्य बताउँदै सम्भावित उक्साहटको कडा जवाफ दिन निर्देशन दिएका छन् । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाली सैनिकले यस वर्ष सीमामा किल्लाबन्दी निर्माण गर्दा ५० पटक सीमा रेखा उल्लङ्घन गरेका छन् ।

उत्तर कोरियाले पछिल्ला वर्षमा सीमामा बारुदी सुरुङ बिछ्याउने, काँडेतार लगाउने र ट्याङ्कविरोधी अवरोधसहितका सैन्य संरचना थप्दै आएको छ । सन् २०१५ मा खानी विस्फोटमा दक्षिण कोरियाका दुई सैनिक घाइते भएपछि सीमापार लाउडस्पीकर प्रसारण सुरु भएको थियो ।

दुवै देशले यस्तो प्रसारणलाई मनोवैज्ञानिक युद्धका रूपमा प्रयोग गर्दै आएका छन् । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले गत वर्ष सम्बन्ध सुधार्ने प्रयासस्वरूप सीमापार प्रसारण रोक्नुभएको थियो । त्यसपछि उत्तर कोरियाले पनि आफ्ना प्रसारण बन्द गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ–उनसँग कूटनीतिक संवाद पुनः सुरु गर्ने प्रयास गरिरहेका बेला पछिल्लो सीमा तनावले दुई देशबीचको सम्बन्धमा थप चुनौती सिर्जना गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ५ : ०२ बजे

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर