इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते « Khabarhub

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार कायरो–असियुत पश्चिमी मरुभूमि राजमार्गमा निजी कम्पनीको बस र ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनापछि उद्धार तथा राहत कार्यका लागि घटनास्थलमा २८ वटा एम्बुलेन्स परिचालन गरिएको मन्त्रालयले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि नजिकैको गिजा प्रान्तका अस्पतालमा लगिएको छ । स्वास्थ्य मन्त्री खालिद अब्देल गफारले घाइतेहरूलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउन नजिकका अस्पताललाई निर्देशन दिएका छन् ।

मन्त्रालयका अनुसार मृतक र घाइतेको हालसम्मको सङ्ख्या प्रारम्भिक हो । दुर्घटनापछि उद्धार कार्य जारी रहेकाले हताहतीको सङ्ख्या बढ्न सक्ने सम्भावना छ । घटनाको क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम पनि भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ७ : ३५ बजे

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले