एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी « Khabarhub

एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी दर्ता गराएका छन् । नेता कार्यकर्ताकोे दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर सचिव बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेद्वारी दर्ता गर्ने क्रममा बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको बताए ।

उनले संविधानमाथि भएको हमलाबाट जोगाउदै जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाको पुननिर्माणमा जुट्नुपर्ने उल्लेख गरे ।

उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत प्राप्त हुने भन्दै अव समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्ने धारणा राखे ।

उनले भक्तपुरमा सबैलाई साथमा लिएर अघि बढ्ने र जनताले विश्वास गर्ने बताए । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट राजिव खत्रीले पनि टिकट पाएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसले कविर राणालाई टिकट दिएको छ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : ४० बजे

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय