गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह « Khabarhub

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी छन्। 

सधैं आफ्नो गायकी र हिट गीतका कारण चर्चित रहने नेहाको यसपटकको चर्चा भने उनको व्यक्तिगत जीवनलाई लिएर भएको हो। सामाजिक सञ्जालमा गरिएको एक पोस्टपछि उनी र पति रोहनप्रीत सिंहबीच सम्बन्ध बिग्रिएको भन्दै विभिन्न अड्कलबाजी सुरु भएको थियो।

केही समयअघि नेहाले ‘सम्बन्धबाट ब्रेक’ सम्बन्धी भावनात्मक अभिव्यक्ति सार्वजनिक गरेपछि सामाजिक सञ्जाल र केही मिडियामा उनीहरूको सम्बन्धमा समस्या आएको अनुमान गरियो। यही विषयलाई लिएर कतिपयले त डिभोर्ससम्मको चर्चा चलाए।

अफवाह फैलिँदै गएपछि नेहा कक्कडले इन्स्टाग्राम स्टोरीमार्फत प्रतिक्रिया दिँदै आफ्नो मौनता तोडेकी हुन्। उनले पति रोहनप्रीत सिंह र परिवार अनावश्यक रूपमा विवादमा तानिनु गलत भएको बताइन्। आफू आज जुन स्थानमा पुगेकी छन्, त्यसमा परिवारको साथ र समर्थन सबैभन्दा ठूलो कारण रहेको उनले स्पष्ट पारिन्।

नेहाले सामाजिक सञ्जालमा भावनात्मक पोस्ट गर्नु आफ्नो कमजोरी भएको स्वीकार गर्दै सानो कुरालाई ठूलो बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरिन्। यससँगै अबदेखि निजी जीवनबारे सार्वजनिक रूपमा टिप्पणी नगर्ने निर्णयसमेत उनले सुनाइन्।

यसबीच, नेहाले आफ्ना फ्यानलाई चिन्ता नगर्न आग्रह गर्दै चाँडै नयाँ ऊर्जा र उत्साहका साथ कमब्याक गर्ने संकेत पनि दिएकी छन्। फ्यानप्रतिको माया र समर्थनप्रति आभार व्यक्त गर्दै उनले सकारात्मक सन्देश दिएकी छन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : ५४ बजे

भ्रष्टाचार मुद्दामा यर्माक रिहा हुने

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका पूर्वशक्तिशाली सहयोगी एन्ड्री यर्माकले बहुचर्चित

मालपोतका नायब सुब्बाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत

कसले लेख्दैछ बजेट : प्रधानमन्त्री कार्यालय कि अर्थ मन्त्रालय ?

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको दुवै सदनबाट

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत