टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई « Khabarhub

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन योगेश भट्टराई ताप्लेजुङ पुगेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको टिकट रोकेर आफू निकट मानिने युवा संघका नेता थेबेलाई उम्मेदवार बनाएका हुन्। टिकट नपाएपछि असन्तुष्टि देखिने अपेक्षा गरिए पनि भट्टराईले पार्टीको निर्णय स्वीकार्दै उम्मेदवारको पक्षमा खुलेर समर्थन जनाएका छन्।

मनोनयन दर्ताको दिनै ताप्लेजुङ पुगेका भट्टराईले आफू पार्टीको इमानदार कार्यकर्ता भएको उल्लेख गर्दै पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेल्ने बताएका छन्। उनले व्यक्तिगत लाभ वा पदभन्दा पार्टीको हित ठूलो भएको प्रतिक्रिया खबरहरूलाई दिए।

एमाले अध्यक्ष ओलीको कार्यशैलीविरुद्ध प्रश्न उठेकै कारण ताप्लेजुङबाट भट्टराईको टिकट रोकिएको धेरैले आकलन गरेका छन्। ओलीको जस्तोसुकै विषयमा पनि प्रतिरक्षा गर्दै आएका आफू निकट थेबेलाई टिकट दिएर ओलीले भट्टराईलाई पाखा लगाएका हुन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : ५५ बजे

दुई अमेरिकी युद्धपोतले ‘स्ट्रेट अफ हर्मुज’बाट पार गरे

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी