पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई  « Khabarhub

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

कांग्रेसका पूर्वसभापति रहेका केरुङ सभापति गगन थापा पक्षीय नेता हुन्। उनलाई सघाउनका लागि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा निकट नेता मानिने भीष्मराज आङ्देम्बे पनि पाँचथर पुगेका छन्। 

देउवाका विश्वासीलाई पात्र मानिने आङ्देम्बेले केरुङको मनोनयन दर्ता गराउन निर्वाचन आयोगमा र्‍यालीसहित गएका छन्।

२०७९ को निर्वाचनमा काङ्ग्रेस नेताहरूकै अन्तर्घातका कारण आङदेम्बे ४६ मतान्तरले नेकपा एमालेका नेता बसन्तकुमार नेम्वाङसँग पराजित भएका थिए। यसपटक समानुपातिकको सूचीमा रहेका आङ्देम्बेले केरुङलाई सघाइरहेका छन्। 

काङ्ग्रेस पाँचथरका विश्वासीलाई स्रोतहरूका अनुसार केरुङले नै २०७९ को निर्वाचनमा आङ्देम्बेलाई हराउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरिन्छ। 

तर केरुङ भने यो कुरा मान्न तयार छैनन् । २०७९ को निर्वाचनपछि केरुङ र आङदम्बेको सम्बन्ध समेत राम्रो देखिएको थिएन। तर निर्वाचनमा भने नेताहरू एकसाथ देखिएका छन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  २ : ५० बजे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच

कसरी सम्भव भयो, ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन