पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई  « Khabarhub

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

कांग्रेसका पूर्वसभापति रहेका केरुङ सभापति गगन थापा पक्षीय नेता हुन्। उनलाई सघाउनका लागि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा निकट नेता मानिने भीष्मराज आङ्देम्बे पनि पाँचथर पुगेका छन्। 

देउवाका विश्वासीलाई पात्र मानिने आङ्देम्बेले केरुङको मनोनयन दर्ता गराउन निर्वाचन आयोगमा र्‍यालीसहित गएका छन्।

२०७९ को निर्वाचनमा काङ्ग्रेस नेताहरूकै अन्तर्घातका कारण आङदेम्बे ४६ मतान्तरले नेकपा एमालेका नेता बसन्तकुमार नेम्वाङसँग पराजित भएका थिए। यसपटक समानुपातिकको सूचीमा रहेका आङ्देम्बेले केरुङलाई सघाइरहेका छन्। 

काङ्ग्रेस पाँचथरका विश्वासीलाई स्रोतहरूका अनुसार केरुङले नै २०७९ को निर्वाचनमा आङ्देम्बेलाई हराउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरिन्छ। 

तर केरुङ भने यो कुरा मान्न तयार छैनन् । २०७९ को निर्वाचनपछि केरुङ र आङदम्बेको सम्बन्ध समेत राम्रो देखिएको थिएन। तर निर्वाचनमा भने नेताहरू एकसाथ देखिएका छन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  २ : ५० बजे

अमेरिका–युरोप सम्बन्ध बलियो र नजिक छ : बेसेन्ट

एजेन्सी– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार युरोपसँग अमेरिकाको सम्बन्ध बलियो

कञ्चनपुर–२ मा एनपी साउदले दर्ता गरे उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी

जनभावनालाई प्राथमिकता दिन विभागीय प्रमुखलाई कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाका असल

राजेन्द्र लिंङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता

रमेश लेखकले टिकट नपाएपछि जलाइयो गगन र विश्वप्रकाशको पुत्ला

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभाको टिकट नदिएको भन्दै उनका