भारतले नेपाललाई उपलब्ध गरायो निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेप « Khabarhub

भारतले नेपाललाई उपलब्ध गरायो निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेप


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले नेपाललाई प्रदान गरेको निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण आज हस्तान्तरण गरिएको छ। गृह मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा भारतको तर्फबाट प्रदान गरिएको सहयोग गृह मन्त्री ओमप्रकाश आर्याललाई बुझाइएको हो।

नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले ६० भन्दा बढी डबल क्याब पिकअप सवारीसाधन तथा अन्य सामग्री हस्तान्तरण गरेका हुन्। यी सवारीसाधन र सामग्री आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले माग गरेको सहयोगअन्तर्गत रहेका छन्।

कार्यक्रममा गृह मन्त्री आर्यालले भारत सरकार र भारतीय जनताप्रति सहयोगका लागि आभार व्यक्त गरे। उनले नेपाल–भारत सम्बन्ध गहिरो, व्यापक र बहुआयामिक रहेको उल्लेख गर्दै यस किसिमको सहयोगले दुई देशबीचको आपसी विश्वास झनै बलियो बनाएको बताए।

भारतले सन् २००८ देखि नेपाललाई निर्वाचनसम्बन्धी सहयोग प्रदान गर्दै आएको छ। यस अवधिमा भारत सरकारले निर्वाचन आयोगसहित विभिन्न मन्त्रालय र निकायलाई करिब २ हजार ४ सय सवारीसाधन उपलब्ध गराइसकेको छ।

आगामी निर्वाचनका लागि भारतले करिब ६ सय ५० सवारीसाधन सहयोगस्वरूप उपलब्ध गराउने जनाएको छ। ती सवारीसाधन आगामी केही हप्ताभित्र चरणबद्ध रूपमा नेपाललाई हस्तान्तरण गरिनेछ।

भारतीय पक्षबाट हुँदै आएको निरन्तर सहयोगले नेपाल–भारत विकास साझेदारीको बहुपक्षीय स्वरूपलाई प्रतिबिम्बित गर्नुका साथै दुवै देशका जनताबीचको मित्रता र आपसी विश्वासको प्रतीक बनेको दूतावासले जनाएको छ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ५ : ०८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर