काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता गराएकी छिन् । ओखलढुंगाबाट प्रतिनिधिसभाको चुनाव लड्न उनले झाँकीसहित उम्मेदवारी दर्ता गराएकी हुन् ।
मनोनयन दर्ताअघि जिल्ला सदरमुकाममा एमालेले झाँकीसहित वृहत जुलुस निकालेर निर्वाचन कार्यालयतर्फ गएको थियो । युवा उम्मेदवारीले पार्टी र मतदातामा उत्साह छाएको जिल्लाका एमाले कार्यकर्ताले बताएका छन् ।
अनेरास्ववियुबाट राजनीति थालेकी उनी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष थिइन् ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यज्ञराज सुनुवारको ठाउँमा थापालाई टिकट दिएका थिए । सुनुवार अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका रामहरि खतिवडासँग पराजित भएका थिए ।













प्रतिक्रिया