याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा « Khabarhub

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सुरु गरेको छ । 

यस सेवाले काठमाडौंभित्र पार्सल ढुवानीका लागि व्यक्ति–व्यक्ति र साना तथा मध्यम व्यवसायका लागि सहज र प्रभावकारी समाधान प्रदान गर्ने कम्पनीको अपेक्षा छ ।  

याङ्गोका अनुसार यस सेवाको सुरुवातसँगै काठमाडौँका प्रयोगकर्ताहरूले अब तीन प्रकारका डेलिभरी विकल्पहरू रोज्न सक्नेछन् : 

  • मोटो कुरियरः साना प्याकेज र कागजातका लागि
  • कार कुरियरः मध्यम आकारका सामानहरूका लागि 
  • कार्गोः ठूला तथा भारी सामानहरूका लागि नयाँ विकल्प

‘हाम्रो लक्ष्य काठमाडौँमा सामान पठाउने र प्राप्त गर्ने प्रक्रियालाई अझै सहज बनाउनु हो, त्यसका लागि प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न डेलिभरी विकल्पहरू रोज्न सकुन् भन्ने सोच राखेका छौँ,’ याङ्गो डेलिभरीका दक्षिण एसियाका क्षेत्रीय प्रमुख मोहम्मद अहसान अकबरले भने, ‘सानो प्याकेज होस् वा ठूलो सामान, प्रक्रिया सरल छ-एप खोल्नुहोस्, उपयुक्त विकल्प छान्नुहोस्, र हाम्रा सेवा साझेदारमार्फत डेलिभरी अनुरोध गर्नुहोस्।’

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ६ : ३५ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६