स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते « Khabarhub

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा वालिङ नगरपालिका–७ का ६५ वर्षीय डोलाज कोइराला र कैलाली टिकापुर नगरपालिका–७ का ३५ वर्षीय राजकुमार चौधरी रहेका छन्।  

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार करिब २ बजे वालिङबाट डुंगाल लिई चापाकोटतर्फ जाँदै गरेको लु ३ त ५७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब १० मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनामा घाइते हुनेमा ट्याक्टर चालक नवलपरासी सुस्ता गाउँपालिका–१ का २८ वर्षीय लाल बहादुर सुनार, कैलाली लम्कीचुहा नगरपालिका–५ का २२ वर्षीय श्याम चौधरी, ३१ वर्षीय लक्ष्मण चौधरी र डडेलधुरा अमरगढी नगरपालिका–५ का ३५ वर्षीय हुकुम बहादुर दलामी रहेका छन्। सबैको अवस्था सामान्य रहेको र थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ६ : ०५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि