काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार उठाएको छ । लामो समयपछि निर्वाचनमा गठबन्धन नगरी एक्लै होमिएको एमालेले १६५ क्षेत्रमै उम्मेदवार खडा गरेको हो । एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख मीनबहादुर शाहीका अनुसार एमालेले यसपटक कसैसँग चुनावी तालमेल गरेको छैन।
‘एमालेले देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको जानकारी गराउन चाहन्छौं। अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले पार्टीका नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा र्यालीसहित निर्वाचन कार्यालय पुगेर आ–आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको छ’ उनले भनेका छन्।
यस्तो छ सूची













प्रतिक्रिया