मिथिला मध्यमा परिक्रमाका यात्री जलेश्वरतर्फ « Khabarhub

मिथिला मध्यमा परिक्रमाका यात्री जलेश्वरतर्फ


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा ‘महाकुम्भ’ भनिने १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्री आज पाँचौँ  दिन महोत्तरीको जलेश्वर पुग्दैछन् । 

बिहीबार भारतको मधुवनी जिल्लाको फुलहरबाट महोत्तरीको मटिहानी आएका यात्री आज पाँचौँ दिनको रात्रिबासका लागि बिहानैदेखि जलेश्वर आउने क्रम सुरु भएको हो । अहिले जलेश्वरदेखि मटिहानीसम्मै यात्रीको अटुट पङ्ति देखिँदो छ । मटिहानी यात्रीको महोत्तरी जिल्लाको पहिलो रात्रि विश्रामस्थल हो ।

पाँचौँ दिनको विश्रामका लागि आज आफ्नो नगर प्रवेश गरेका यात्रीलाई जलेश्वरवासीले स्वागत गरेका छन् । 

गत सोमबार सुरु भएको यो यात्राका यात्रीले यसअघि पहिलो दिन धनुषाको हनुमानगढी, दोस्रो र तेस्रो दिनको रात्रिबास  भारतको मधुवनी जिल्लाको कल्याणेश्वर ९कलना० र गिरिजास्थथान (फुलहर)मा गरेका थिए । 

बिहीबार महोत्तरी प्रवेश गरेका यात्री अब आउने सोमबारसम्म महोत्तरीको यात्रामा रहने छन् । यसक्रममा आज पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रिबासपछि नवौँ दिन फेरि धनुषा प्रवेश गर्नेछन् ।

यसअघि गत सोमबार धनुषाको ठेराकचुरीबाट मिथिलाविहारी (श्रीराम) को प्रतिमा राखिएको डोलीअघि लगाइ सुरु भएको यात्रा जनकपुरस्थित अग्निकुण्ड (सुन्दर सदन) मठबाट  किशोरीजी (सीताजी) को प्रतिमा राखिएको डोला थपिएर अघि बढेको थियो । आज यात्री जलेश्वरस्थित परिक्रमा पोखरी डिल वरपरको चउरमा पण्डाल लगाएर बास बस्नेछन् ।

यो यात्राको अभिष्ट आरोग्यता, कल्याण र मोक्ष रहने गरेको छ । अघि त्रेता युगमा श्रीराम र सीताजी विवाहपछि त्यतिखेरको मिथिला राज्यका विभिन्न ठाउँमा वनविहार गर्दै गरेको भ्रमणको सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा चलेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् ।  श्रीराम र जानकीको पदचाप पछ्याउँदै गरिने यो यात्रामा उनीहरु  हिँडेको बाटोको  धुलोको स्पर्शले मोक्ष प्राप्त हुने मैथिल विश्वास गर्छन् ।

 विश्रामस्थलमा श्रीराम र जानकीजीको डोला (प्रतिमा रखिएको डोली) आइपुगेपछि वरिपरिका बस्तीबाट डोला दर्शन गर्नेको घुइँचो लाग्ने गरेको छ । डोलाको आगमनसँगै  विश्रामस्थलमा डोला दर्शन गर्ने, भजन, कीर्तनसहित धार्मिक मेला आयोजन हुँदै आएको परम्परा छ । 

यात्रीहरूको भोजन, आवास, खानेपानी र प्राथमिक उपचारसहितको सेवाका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्ध विश्रामस्थलस्थित स्थानीयतह, सामाजिक सङ्घसंस्था र मठमन्दिरले आपसी समन्वयमा गर्छन् ।  

नेपाल र भारतमा गरी जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । जसमध्ये भारततर्फ २६ किमी र बाँकी धनुषाका क्षेत्र पर्छन् । यो परिक्रमा परम्परा १८ औँ सताब्दीमा सुुरु भएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् ।

रामसीताका पदचाप पछ्याउँदै उहाँहरुकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक भएको साधुसन्तको भनाइ छ । सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायणलाल कर्ण बताउँछन् ।

यात्रामा नेपाल र भारतका विभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीयतह र धार्मिक मठहरुले संयोजन, समन्वय गर्दै आएका छन् ।  

फागुन औँसीमा सुुरु भएर फागूपूर्णिमाका दिन जनकपुरधामको अन्तर्गृह परिक्रमा गरी सम्पन्न हुने माध्यमिकी परिक्रमा मिथिलाको विशिष्ट सांस्कृतिक पर्व मानिन्छ । 
 

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १० : ३२ बजे

रास्वपाको ‘फ्लाइङ किस’ अभियान प्रभाव : रवि- बालेनको गालासम्मै आउन थाले फ्यान

काठमाडौं– नेपाली राजनीतिमा कहिल्यै नदेखिएको ‘फ्लाइङ किस’ अभियान यतिबेला राष्ट्रिय

नवलपुर–२ : रास्वपाका उम्मेदवार मनिषको वाचापत्र सबैभन्दा पहिले आमालाई 

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुर–२ का राष्ट्रिय स्वतन्त्र पार्टी

शेखर कोइरालाको प्रतिबद्धता- सुकुम्बासी व्यवस्थापन र विराटनगर चक्रपथ निर्माण 

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६

विद्यालय शिक्षामा ठूला दल : कानुन बनाउने बेला एउटा, घोषणापत्रमा अर्को

काठमाडौं– विद्यालय शिक्षालाई हेर्ने विषयमा दलको व्यवहार र चुनावी घोषणापत्र

निर्वाचनका लागि स्रोतसाधन अभाव हुँदैन : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन