डोनाल्ड ट्रम्पले दक्षिण एसियालाई ठूलो विपत्तिबाट जोगाए : प्रधानमन्त्री शरीफ « Khabarhub

डोनाल्ड ट्रम्पले दक्षिण एसियालाई ठूलो विपत्तिबाट जोगाए : प्रधानमन्त्री शरीफ


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सन्दर्भ जोड्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ‘ट्रम्पले दक्षिण एसियालाई ठूलो विपत्तिबाट जोगाए’को बताएका छन् ।

वासिङ्टन डीसीमा आयोजित ‘बोर्ड अफ पीस’को पहिलो बैठकमा बोल्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका हुन्।

शरीफले राष्ट्रपति ट्रम्पको ‘सफल कूटनीति’ले विश्वभर शान्ति प्रवर्द्धन गर्न सहयोग पुगेको बताए। उनले ट्रम्पले समयमै हस्तक्षेप गरी पाकिस्तान र भारतबीच युद्धविराम गराउन भूमिका खेलेको दाबी गरे।

शरीफले भने, ‘तपाईंले (ट्रम्प)अत्यन्त प्रभावकारी ढंगले हस्तक्षेप गरेर पाकिस्तान र भारतबीच युद्धविराम गराउनुभयो, जसले लाखौं मानिसको ज्यान जोगायो।’

उनले ट्रम्पलाई ‘शान्तिका दूत’को संज्ञा दिँदै दक्षिण एसियालाई ठूलो विपत्तिबाट जोगाएको उल्लेख गरे। ‘तपाईं वास्तवमै दक्षिण एसियाका उद्धारकर्ता हुनुहुन्छ,’ उनले भने।

गाजासम्बन्धी पहलका लागि ट्रम्पद्वारा गठन गरिएको ‘बोर्ड अफ पीस’को यो पहिलो बैठक हो। उक्त बैठकमा पाकिस्तानसहित विभिन्न देशका नेताहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १० : ४५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)