शंकर पोखरेलप्रति रविको आक्रोश : मलाई संसद्‍बाट छलछाम गरेर निकाल्ने यहीँ छन् « Khabarhub

शंकर पोखरेलप्रति रविको आक्रोश : मलाई संसद्‍बाट छलछाम गरेर निकाल्ने यहीँ छन्


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई संसद्‍बाट छलछाम गरेर निकालेको भन्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलप्रति आक्रोश पोखेका छन् ।

२०८० वैशाखमा दोस्रो पटक चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि गृहमन्त्री बनेको अवस्थामा आफूलाई संसद्बाटै निकाल्न पोखरेलले भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

दाङको घोराहीमा शुक्रबार आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधनका क्रममा पोखरेलको नाम नलिइ उनले भने, ‘गृहमन्त्रीका रुपमा राम्रो काम गरिरहहेका बेला मलाई छलछाम गर्दै संसद्बाट निकाल्नेहरु यहीँ छन् ।’

पोख्रेलविरुद्ध खनिएका उनले आफूलाई संसद् पदबाट निलम्बन गर्न प्रमुख भूमिका खेलेको पनि आरोप लगाए । ‘त्यसबेलाका योजनाकार यहीँ छन् । यो देशका जनतालले दोस्रो पटक सबैभन्दा धेरै मत दिलाएर जितेको अवस्थामा मलााई छलछाम गरेर निकाल्ने यहीँ छन्’, उनले अगाडि भने, ‘भ्रष्टाचारविरुद्ध काम गरिरहेको मलाई विचौलियासँग मिलेर मध्यराति हस्ताक्षर गरेर दुई घण्टामा निकाले ।’

उनले त्यसबेलाको आक्रोश पोख्ने क्रममा अब आफूलाई जनताको मनबाट निकालेर देखाउन पनि चुनौती दिएका छन् । दाङको तुलसीपुरमा बिहीबार रविलाई नै स्वागत गर्न बसेकाा रास्वपा कार्यकर्ताले एमालेको झण्डासमेत जलाइदिएका थिए । शुक्रबारको सभामा उनी झन् आक्रोशित मुद्रामा देखिएका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ३ : ४१ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)