शनिबार एनसेल एआईटीएम कार्निभल हुँदै  « Khabarhub

 शनिबार एनसेल एआईटीएम कार्निभल हुँदै 


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ललितपुर– सातदोबाटोस्थित एआईएटीएम कलेजमा शनिबार (फागुन ९ गते) एनसेल एआईटीएम कार्निभल आयोजना हुँदैछ । युवा लक्षित यो विशेष कार्यक्रममा गीतसंगीतलगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरू हुनेछन् ।

आयोजकका अनुसार कार्निभलमा गायिका रचना दाहाल र लोकप्रिय ब्यान्ड स्वरको आकर्षक साङ्गीतिक प्रस्तुतिहरू रहने छन् । उनीहरूको लाइभ कन्सर्टका सार्थ अन्य नृत्य प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिहरूको आयोजना हुनेछ ।

कार्यक्रममा सहभागी दर्शकहरूका लागि विभिन्न रमाइला खेलहरू, इन्टरएक्टिभ एक्टिभिटी तथा ग्यारेन्टी पुरस्कारको व्यवस्था पनि रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा एनसेलले आफ्नो युवा सिमको विशेष स्टल पनि रहने छ जहाँ आगन्तुकले यो विशेष सिमका साथै एकदिने अनलिमिटेड प्याकमा ५० प्रतिशत छुटको सुविधा पाउनेछन् ।

यो कार्निभलमा एनसेल प्रमुख प्रायोजक रहेको छ भने एक्ट्रिम इनर्जी ड्रिङ्क, ईसेवा, जेन्ट्स पार्क र औरालगायतका ब्राण्डहरुले सहयोग गरेका छन् । विभिन्न ब्रान्ड स्टल, प्रमोशनल एक्टिभिटी तथा विशेष अफरहरू पनि कार्निभलको आकर्षणका रुपमा रहनेछन् ।

एआईएमटी कलेजले यस कार्निभलमार्फत विद्यार्थी र युवाहरूलाई संगीत, उत्साह र अवसरको संगम एकै स्थानमा प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ७ : ३८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको