बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु « Khabarhub

बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ बबेतका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

सिंहका अनुसार आज शुक्रबार दिउँसो खाना खान घर गएको समयमा उनी घरमै अचेत अवस्थामा भेटिएको खबर आएपछि प्रहरी टोली पुगेको थियो ।

अचेत अवस्थामै उनलाई जिल्ला अस्पताल बैतडी पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनले जानकारी दिए ।

सदरमुकाम नजिकै घर भएका वड निर्वाचन ड्युटी सकेपछि घरमै खाना खान जाने गर्दथे । प्रहरीका अनुसार शव जिल्ला अस्पतालमा राखिएको छ भने पोस्टमार्टम भोलि मात्रै गरिनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ९ : ४६ बजे

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक