प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो « Khabarhub

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार गरेका छन्।

बिहीबार राति आयोजित पत्रकार सम्मेलनको सुरुवातमै उनले भने, ‘म सबैभन्दा पहिले भन्न चाहन्छु कि म जिउँदै छु र तपाईंहरू यसका साक्षी हुनुहुन्छ।’ उनले आफूबारे फैलाइएका ‘फेक न्युज’को खण्डन पनि गरे।

नेतन्याहूले थपे, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका र इजरायलले आफ्नो अभियानलाई निकै मजबुत रूपमा अघि बढाइरहेका छन्।’

यसअघि मार्च १३ मा नेतन्याहूको एक्स (ट्विटर) खाताबाट सार्वजनिक गरिएको भिडियोबारे पनि सामाजिक सञ्जालमा विवाद भएको थियो। उक्त भिडियोमा उनले इरानको आक्रमणबारे जानकारी दिएका थिए। तर केही प्रयोगकर्ताले उक्त भिडियो एआईबाट बनाइएको भन्दै नेतन्याहूको मृत्यु भइसकेको दाबी गरेका थिए।

यसपछि इजरायली प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै नेतन्याहुको मृत्यु सम्बन्धी सबै दाबी गलत भएको स्पष्ट पारेको थियो।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ९ : २५ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स