गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ « Khabarhub

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन्।

पार्टी कार्यालय सानेपामा शुक्रबार पत्रकारहरूसँग बोल्दै महामन्त्री घिमिरेले यस्तो बताएका हुन् ।

उनले पार्टीसँग सुदृढ वैचारिक आधार, ऐतिहासिक योगदान र सक्षम नेतृत्व रहेको उल्लेख गर्दै विगतका असहमति र विवाद पन्छाउँदै आन्तरिक एकतालाई मजबुत बनाउनुपर्ने बताए ।

अनावश्यक बहसमा समय खर्च नगरी साझा उद्देश्यतर्फ केन्द्रित हुँदै संगठनलाई सुदृढ बनाउन आवश्यक रहेको पनि उनले बताए ।

कार्यकर्तालाई तत्कालैदेखि एकताबद्ध भएर महाधिवेशन तयारीमा जुट्न आह्वान गर्दै पार्टीको भविष्यलाई दिशानिर्देश गर्ने अवसरका रूपमा यस प्रक्रियालाई लिनुपर्ने उनले बताए ।

पार्टीको संस्थागत इतिहास, योगदान र नेतृत्व क्षमताले आगामी दिनमा पनि सकारात्मक दिशा प्रदान गर्ने विश्वास पनि उनले जनाएका छन् ।

महामन्त्री घिमिरेले विगतका तिता अनुभव पन्छाएर सहकार्य र समन्वयमार्फत् अघि बढ्नु जरूरी रहेको बताउँदै एकता नै संगठन सुदृढीकरणको आधार हुने पनि सन्देश दिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ३ : ०६ बजे

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौं- सङ्घीय संसद्का सांसदले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको

सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो

काठमाडौं– तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई