गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ « Khabarhub

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन्।

पार्टी कार्यालय सानेपामा शुक्रबार पत्रकारहरूसँग बोल्दै महामन्त्री घिमिरेले यस्तो बताएका हुन् ।

उनले पार्टीसँग सुदृढ वैचारिक आधार, ऐतिहासिक योगदान र सक्षम नेतृत्व रहेको उल्लेख गर्दै विगतका असहमति र विवाद पन्छाउँदै आन्तरिक एकतालाई मजबुत बनाउनुपर्ने बताए ।

अनावश्यक बहसमा समय खर्च नगरी साझा उद्देश्यतर्फ केन्द्रित हुँदै संगठनलाई सुदृढ बनाउन आवश्यक रहेको पनि उनले बताए ।

कार्यकर्तालाई तत्कालैदेखि एकताबद्ध भएर महाधिवेशन तयारीमा जुट्न आह्वान गर्दै पार्टीको भविष्यलाई दिशानिर्देश गर्ने अवसरका रूपमा यस प्रक्रियालाई लिनुपर्ने उनले बताए ।

पार्टीको संस्थागत इतिहास, योगदान र नेतृत्व क्षमताले आगामी दिनमा पनि सकारात्मक दिशा प्रदान गर्ने विश्वास पनि उनले जनाएका छन् ।

महामन्त्री घिमिरेले विगतका तिता अनुभव पन्छाएर सहकार्य र समन्वयमार्फत् अघि बढ्नु जरूरी रहेको बताउँदै एकता नै संगठन सुदृढीकरणको आधार हुने पनि सन्देश दिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ३ : ०६ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स