ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय « Khabarhub

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकिएको जनाएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई दूतावासको समन्वयमा गन्तव्यतर्फ पठाइसकिएको जानकारी दिएका हुन् । 

अहिलेको अवस्थाका कोही पनि नेपालीहरू ट्रान्जिटमा समस्यामा नरहेको जानकारी प्राप्त भएको उनले बताए । जेद्दामा समस्या परेका ५२ जना हजयात्रीको पनि व्यवस्थापन गरेर स्वदेश फर्किसकेको मन्त्रालयले जनाएको छ ।

उनले द्वन्द्वका कारण नेपालीलाई पर्न सक्ने असरलाई मध्यनजर गर्दै सरकारले दूतावासमार्फत निरन्तर सम्बन्धित देशका प्रतिनिधिहरुसंग जानकारी प्राप्त गरिरहेको जानकारी दिए । 

प्रवक्ता पौडेलले पश्चिम एसिया समस्यामा परेका नेपालहरूको गुनासो सुन्न तयार गरिएको अनलाइन प्रणालीमा हालसम्म ८२ हजार १ सय नेपालीले आफ्नो नाम दर्ता गरेको उल्लेख गरे । त्यसमध्ये ६ हजार जनाले असुरक्षित भनेकोमा पछिल्ला दिनमा असुरक्षित छु भन्नेको संख्या निकै घटेको उनले बताए । 

पश्चिम एसियाका केही दिनमा द्वन्द्वको भिडियो सामाजिक सञ्जालमा राख्ने केही नेपालीहरू कारबाहीमा परेको जानकारी प्राप्त भएको उनले जानकारी दिए । 

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ५ : १९ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने