दुम्कीवास-दाउन्ने खण्डमा तीन रात ठूला मालवाहक सवारी चलाउन रोक « Khabarhub

दुम्कीवास-दाउन्ने खण्डमा तीन रात ठूला मालवाहक सवारी चलाउन रोक


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नारायणघाट–बुटवल सडक खण्डमा रातिको समयमा ठूला मालवाहक सवारी चलाउन रोक लगाइएको छ ।

नारायणघाट–बुटवल सडक योजनाले सूचना जारी गर्दै शुक्रबार (चैत ६) देखि ८ गतेसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीवास–दाउन्ने–बर्दघाट खण्डमा ठूला मालवाहक सवारी रोक्ने जनाएको हो ।

‘दुम्कीवास–दाउन्ने–वर्दघाट क्षेत्रमा मिति २०८२ चैत्र ६ गते दिउँसो १ बजेदेखि परिरहेको भारी वर्षाका कारण सडक चिप्लो भई यस खण्डमा ठूला मालवाह सवारीसाधनहरू चिप्लिने, अड्किने समस्या देखिएको र सो कारणले सडक जाम भएर सवारी आवागमन अवरुद्द भएकोले सडक आवागमनको अवस्था हेरेर मिति २०८२/१२/६ देखि २०८२/१२/८ सम्म रातिको समयमा (बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म) ठूला मालवाहक सवारीसाधनहरूलाई वर्दघाटतर्फ त्रिवेणी चोकमा र दुम्कीवास बजारमै रोकी छोटो तथा लामो दुरीका यात्रुवाहक सवारीसाधनहरू तथा आकस्मिक सेवाका सवारी साधनहरूलाई प्राथमिकताका आधारमा मात्र सवारीसाधन सञ्चालन गर्न गराउन,’ आयोजनाको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ९ : ०३ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा