ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन् « Khabarhub

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग नगरेको भन्दै उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का सदस्य राष्ट्रहरूमाथि कडा असन्तुष्टि जनाएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत नाटोमा सहभागी भएका राष्ट्रहरूलाई ‘कायर’को संज्ञा दिँदै अमेरिका बिना यो सैन्य गठबन्धन केवल कागजी शेर जस्तै भएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘परमाणु शक्ति बन्ने सम्भावना रहेको इरानलाई रोक्ने लडाइँमा उनीहरू सहभागी हुन चाहेनन् । अहिले जब यो युद्ध सैन्य रूपमा जितिएको छ । उनीहरू तेलको मूल्य बढेको भन्दै गुनासो गरिरहेका छन्।’

ट्रम्पले होर्मुज जलडमरूमध्यको प्रसंग उठाउँदै उक्त क्षेत्र खुला राख्न सैन्य सहयोग आवश्यक भए पनि नाटो देशहरू त्यसमा पनि पछि हटिरहेको आरोप लगाए ।

उनले भने, ‘यो अत्यन्तै सजिलो सैन्य कदम हो, जोखिम पनि न्यून छ, तर उनीहरू सहयोग गर्न चाहँदैनन्। उनीहरू कायर हुन्, र हामी यसलाई सम्झिरहनेछौँ।’

ट्रम्पको यस अभिव्यक्तिले अमेरिका र नाटोबीचको सम्बन्धमा थप तनाव बढ्ने संकेत देखिएको छ। साथै, इरानसँगको द्वन्द्व र अन्तर्राष्ट्रिय सुरक्षाको विषयमा पनि यसले नयाँ बहस सिर्जना गर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ९ : ३२ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने