जर्मन बुन्डेस लिगा : बायर्न म्युनिखलाई ३५औँ लिग उपाधि « Khabarhub

जर्मन बुन्डेस लिगा : बायर्न म्युनिखलाई ३५औँ लिग उपाधि


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले उपाधि जितेको छ । गएराति एलिएन्ज एरिनामा सम्पन्न खेलमा भीएफबी स्टुटगार्टलाई ४–२ गोलले हराउँदै बायर्नले चार खेल बाँकी छँदै आफ्नो ३५औँ बुन्डेसलिगा उपाधि सुरक्षित गरेको छ ।

यो जितसँगै बायर्नको दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँग १५ अंकको अग्रता बनेको छ । अबका चारवटै खेल हारेको अवस्थामा पनि बायर्नको उपाधि पक्का भएको छ ।

बार्यनका लागि राफायल ग्वरेरो, निकोलस ज्याक्सन, अल्फन्सो डेभिज र ह्यारी केनले एक–एक गोल गरेका थिए ।

उत्कृष्ट पुनरागमन खेलको सुरुवाती चरणमा बायर्नले केही दबाब महसुस गरेको थियो। क्रिस फ्युरिचले उत्कृष्ट गोल गर्दै स्टुटगार्टलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, बायर्नले खेलमा फर्कन धेरै समय लगाएन । ६ मिनेटको अन्तरालमा तीन गोल गर्दै बायर्नले खेललाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

स्टुटगार्टका लागि चेमा आन्द्रेसले ८८औँ मिनेटमा टोलीका लागि एक गोल थपेका थिए ।

गत सिजन २०२३–२४ मा बायर लेभरकुजेनले उपाधि जितेर बायर्नको अपराजित यात्रा तोडेको थियो। तर, यसपटक लगातार दोस्रो उपाधि जित्दै बायर्नले पुनः जर्मन फुटबलमा आफ्नो दबदबा प्रमाणित गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ७ : २७ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक