जर्मन बुन्डेस लिगा : बायर्न म्युनिखलाई ३५औँ लिग उपाधि « Khabarhub

जर्मन बुन्डेस लिगा : बायर्न म्युनिखलाई ३५औँ लिग उपाधि


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले उपाधि जितेको छ । गएराति एलिएन्ज एरिनामा सम्पन्न खेलमा भीएफबी स्टुटगार्टलाई ४–२ गोलले हराउँदै बायर्नले चार खेल बाँकी छँदै आफ्नो ३५औँ बुन्डेसलिगा उपाधि सुरक्षित गरेको छ ।

यो जितसँगै बायर्नको दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँग १५ अंकको अग्रता बनेको छ । अबका चारवटै खेल हारेको अवस्थामा पनि बायर्नको उपाधि पक्का भएको छ ।

बार्यनका लागि राफायल ग्वरेरो, निकोलस ज्याक्सन, अल्फन्सो डेभिज र ह्यारी केनले एक–एक गोल गरेका थिए ।

उत्कृष्ट पुनरागमन खेलको सुरुवाती चरणमा बायर्नले केही दबाब महसुस गरेको थियो। क्रिस फ्युरिचले उत्कृष्ट गोल गर्दै स्टुटगार्टलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, बायर्नले खेलमा फर्कन धेरै समय लगाएन । ६ मिनेटको अन्तरालमा तीन गोल गर्दै बायर्नले खेललाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

स्टुटगार्टका लागि चेमा आन्द्रेसले ८८औँ मिनेटमा टोलीका लागि एक गोल थपेका थिए ।

गत सिजन २०२३–२४ मा बायर लेभरकुजेनले उपाधि जितेर बायर्नको अपराजित यात्रा तोडेको थियो। तर, यसपटक लगातार दोस्रो उपाधि जित्दै बायर्नले पुनः जर्मन फुटबलमा आफ्नो दबदबा प्रमाणित गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ७ : २७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका